काठमाडौं – पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त […]
प्रधानमन्त्री कप क्रिकेट महिला छनोटमा काठमाडौंको लगातर दोस्रो जित
खुशी डंगोलको कसिलो बलिङ मद्तमा काठमाडौंले बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेट महिला छनोट प्रतियोगितामा लगातर दोस्रो जित हात पारेको छ ।
भरतपुरको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना मैदानमा आज सम्पन्न पहिलो खेलमा अधिकाशं राष्ट्रिय खेलाडी सम्मिलित काठमाडौंले ललितपुरविरुद्ध ८ विकेटको जित हात पारेको हो । काठमाडौंले ललितपुरले दिएको ४२ रनको झिनो लक्ष्य १३ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
काठमाडौंका लागि अस्मिता खरेलले ३३ बलमा नटआउट १३ रन बनाईन् । यसोदा बिष्टले ५ तथा एईली यादवले ४ रन जोडिन् । ललितपुरकी मनिषा उपाध्यायले २ विकेट लिईन् ।
त्यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले १८ ओभर ५ बलमा अलआउट हुँदै ४१ रन मात्रै जोड्न सक्यो । ललितपुरका कुनै पनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । सोनी पाख्रिन ६ रनमा आउट भईन् । सम्भाब्य ढकाल ५ रनमा नटआउट रहिन् ।
ललितपुरलाई सस्तैमा समेट्न काठमाडौंकी लेग स्पिनर खुशी डंगोलले ६ विकेट लिईन् । बिपाशा शाहीले २ तथा करिश्मा गुरुङले एक विकेट लिईन् । खुशी प्लेयर अफ दि म्याच बनिन् । काठमाडौंले यस अघि पहिलो खेलमा भक्तपुरलाई हराएको थियो । ललितपुरको यो पहिलो हार हो । ललितपुरले पहिलो खेलमा चितवनलाई पराजित गरेको थियो ।
काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा भारतले अस्ट्रेलियालाई २०६ रनको चुनौती दिएको छ । सेन्ट लुसियास्थित डरेन सामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० […]
काठमाडौं – आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गत अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतका कप्तान रोहित शर्मा आउट भएका छन् । ४१ बलको सामना गरेका रोहितले आउट हुनुअघि ९२ रन बनाए । […]
काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो । बंगलादेशलाई सस्तैमा समेट्न नेपालका […]