कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
ई स्पोर्ट्सका सरोकारवालासँग अन्तरक्रिया

बैशाख ८ गते ।
ई स्पोर्ट्स संघ नेपालले ई स्पोर्ट्सको क्षेत्रमा काम गर्ने सरोकारवाला पक्षसँग शनिबार अन्तरक्रिया
कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा औपचारिक रुपमा दर्ता भएपछि संघले शनिबार
सरोकारवाला सबै पक्षलाई बोलाएर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा ई स्पोर्ट्सको क्षेत्रमा काम गर्ने क्लब, खेलाडी, अभिभावक, गेमिब कम्पनी र ईभेन्ट
व्यवस्थापन गर्ने कम्पनीका प्रतिनिधि सहभागि थिए । कार्यक्रममा सहभागि प्रतिनिधिहरुले ब्यवस्थित
रुपमा ई स्पोर्ट्सका नियमित प्रतियोगिता हुनुपर्नेमा जोड दिदै खेलाडीलाई खेल्ने वातावरण बनाउन
सुझाव दिएका थिए ।
डिआरएस गेमिबका म्यानेजर संगिन भट्टराईले नयाँ बनेको संघले खेलाडी खेल्ने वातावरण बढाउनुपर्ने
बताए । उनले नयाँ खेलको रुपमा ई स्पोर्ट्समा धेरै समस्या ब्यहोर्नु परिरहेको उल्लेख गर्दै खेलको
वातावरणलाई सहज बनाउन संघले पहल गर्नुपर्ने उल्लेख गरे ।
ई स्पोर्ट्स खेलाडी भविष्य ढकालले खेलाडीको आम्दानीको स्रोत बढाउन धेरै भन्दा धेरै प्रतियोगिता
आयोजना हुनुपर्ने बताए । उनले खेलाडी सरुवालाई व्यवस्थित बनाउन आवश्यक रहेको औल्याएका
थिए ।
सहभागी प्रतिनिधिहरुले नीजि क्षेत्रको लगानीमा अहिलेसम्म ई स्पोर्ट्स सफलता हासिल गर्न सकिएको
बताउँदै अब राज्यको तहबाट लगानी बढाउन आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रममा संघको आगामी कार्ययोजना, वार्षिक क्यालेन्डर, नीति र पूर्वाधार निर्माणमा गरिएका पहल
र सरकारसँग नीति तथा बजेट निर्माणमा भैरहेको सहजीकरणका बारेमा जानकारी गराईएको थियो ।
संघका अध्यक्ष अन्जन धमलाले कुनैपनि खेलको आधार भनेकै खेलाडीहरु रहने उल्लेख गर्दै सबैसंग
सहकार्य गरेर ई स्पोर्ट्सको विकासमा आफुहरु प्रतिबद्ध रहेको बताएका थिए । उनले आफुहरु राष्ट्रिय
प्रतियोगिताको तयारीमा जुटेको उल्लेख गर्दै सहभागी प्रतिनिधिसँग सुझावलाई कार्यान्वयन गर्दै अघि
बढिने धारणा राखेका थिए

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]