कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिकामा नगर प्रहरीको सेवा सुरु : तालिम दिएपछि दीक्षान्त

चितवन । चितवनको कालिका नगरपालिका स्थापना भएको आठ बर्षपछि नगर प्रहरीको सेवा सुरु गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने व्यवस्था गरेको छ । शहरीकरण तर्फ उन्मुख सो नगरपालिकाले अहिले सम्म नगरप्रहरी भर्ति गरी सेवा प्रदान गर्न सकेको थिएन् । नगरबासीको सुरक्षाको लागि स्थानीय सरकारले नगरप्रहरीको व्यवस्था गरिएको छ । सो नगरपालिकाले एक जना नगर प्रहरी सहायक निरीक्षक र ८ जना नगर प्रहरी जवान गरी ९ जना नगर प्रहरी भर्ति गरी सेवा सुरु गरेको हो ।

९ जनामा ३ जना महिला छन् । शुक्रबार आयोजित नगर प्रहरी दिक्षान्त समारोहमा प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले नगरप्रहरीहरुलाई गोपनीयतको सपथग्रहण गराउनुभएको थियो । सपथ लगतै नगरप्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तामाङले उनीहरुलाई दज्यानी चिन्ह लगाइदिएर प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सार्वजनिक सुचना प्रकाशित गरी सो नगरपालिकाले छनौट भएका नौं जनालाई १५ दिनको तालिम दिएर काममा खटाएको हो । बैशाख १ गतेदेखि उनीहरुको सेवा सुुचारु भएको छ । १५ दिने तालिममा नगर प्रहरीको काम, कर्तब्य र अधिकार सहित कबज, इन्डोर, आत्मरक्षा, जनसम्पर्क, दैविक प्रकोप लगायतका विषयहरुमा तालिम गराइएको थियो ।

सो अबसरमा मेयर रेग्मीलेले कालिका नगरबासीको सुरक्षाको लागि नगरप्रहरी भर्ति गरी काममा खटाइएको बताउनुभयो । नगरप्रहरी सञ्चालन ऐन र कार्यविधि बनाएर नगरप्रहरी भर्ति गरिएको भन्दै सेवामा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे ।

नगरपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै निकट भविश्यमै फोहोर संकलन र व्यवस्थापनको समेत काम सुरु गर्ने बताउनुभयो । फोहोर संकलन र व्यवस्थापनको लागि कार्यविधि निर्माण भइसकेको भन्दै उहाँको भनाई छ ।

दिक्षन्त समारोहमा उपमेगर तामाङ, संस्थापक वडाध्यक्ष टीका रिजाल, कृष्णकुमार श्रेष्ठ, वडाध्यक्ष टीकाराम रेग्मी, मकरमान श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।

सुसासन समितिका संयोजक दिपक बहादुर भट्टराई अध्यक्षतामा भएको सो कार्यक्रम शाखा अधिकृत प्रकासचन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो । साविकका गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी समायोजना गरी २०७४ जेष्ठ ७ गते नगरपालिका घोषण गरिएको थियो ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

