Listen Live: 

राइटपाथ चितवनको ‘ग्रान्ड एजुकेसन कन्क्लेभमा’ विद्यार्थीहरूको उत्साहजनक सहभागिता

Radio Chitwan
शुक्रबार, जेष्ठ ४, २०८१

रत्ननगर, जेठ ४ । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले चितवनमा आयोजना गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ सम्पन्न भएको छ । शुक्रवार नारायणगढको लायन्सचोक स्थित संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा १ हजार ५ सय भन्दा बढी विद्यार्थी र अभिभावकको प्रत्यक्ष सहभागितामा सम्पन्न भएको हो ।

अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरूसहित संस्थाले कन्क्लेभ आयोजना गरेको थियो । बिहान १० बजेदेखि लागेको विद्यार्थीहरूको भिड साँझ समापन गर्दासम्म उत्तिकै मात्रामा देखिएको थियो । कन्क्लेभमा सहभागी विद्यार्थीहरूले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्वपूर्ण ज्ञान हासिल गरेका छन् ।  

अस्ट्रेलिया, बेलायत, क्यानडा र अमेरिकाका २० भन्दा बढी विश्वविद्यालयहरूका प्रतिनिधिलाई एउटै छानामुनि राखेर राइटपाथले यसअघि काठमाडौं, धनकुटा र हेटौँडामा भव्यरूपमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ आयोजना गरेको थियो । 

कार्यक्रममा सहभागी भएका प्रत्येक विद्यार्थीले राइटपाथबाट खैरहनीको पर्सामा रहेको म्याङ्गो हलमा फ्रि मुभी टिकेट र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यस्तै, विदेश अध्ययन आवेदन शुल्कमा शत प्रतिशतसम्मको अफर दिइएको छ । 

राइटपाथकी ब्रान्ड एम्बेस्डर समेत रहेकी पूर्व मिस नेपाल अस्मी श्रेष्ठ तथा चर्चित गायिका अञ्जु पन्तको उपस्थितिले कन्क्लेभको रौनकता अझै बढेको थियो । यी दुई प्रसिद्ध व्यक्तित्वहरूसँग फोटो खिच्न सहभागी विद्यार्थीहरू झुम्मिएका थिए ।  

भर्खर प्लस टु को परीक्षा दिएका देखि भाषा परीक्षा तयारी गरिरहेका, त्यस्ता परीक्षामा आवश्यक अंक प्राप्त गरिसकेकादेखि आफ्नो रुचि र क्षमता अनुसारको विषय पढाउने शैक्षिक संस्था छानिरहेकासम्मका विद्यार्थीहरू कन्क्लेभमा भाग लिएका थिए ।  

सहभागी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू पनि राइटपाथको एजुकेसन कन्क्लेभमा लागेको घुइँचो देखेर उत्साहित थिए । केही प्रतिनिधिहरूलाई आफूसँग परामर्श लिने विद्यार्थीहरूको चाप व्यवस्थापन गर्न मुस्किल परेको थियो ।

‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ को चितवनमा भव्य सफलतापछि प्रतिक्रिया दिँदै राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलले सहभागी विद्यार्थीलाई धन्यवाद दिए । उनले अपेक्षा गरेभन्दा निकै राम्रो सहभागिता देखिएको प्रतिक्रिया दिए । गुणस्तरीय शिक्षाका लागि उचित परामर्श भन्ने नारा बोकेको राइटपाथले आफ्ना हरेक गतिविधिहरूमा विद्यार्थीको अधिकतम हितलाई केन्द्रमा राख्दै आएको हुँदा कार्यक्रमबाट विद्यार्थीले अधिकतम लाभ लिने उनको भनाइ थियो ।  

कन्क्लेभलाई देशका प्रमुख सात शहरहरूमा पु¥याउने राइटपाथको तयारी छ । बैशाख ३१ गते काठमाडौं र धनकुटा, जेठ ३ गते हेटौँडा र जेठ ४ गते आज (शुक्रवार) चितवनको नारायणगढमा सम्पन्न भएको छ । यस्तै, जेठ ५ गते बुटवल, जेठ ६ गते दाङमा कन्क्लेभ सञ्चालन हुनेछ ।

आन्य समाचारहरु:-
January 20, 2025
चितवन महोत्सवमा भोलि ४ राष्ट्रिय कलाकार आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम 

चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।  महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 20, 2025
सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अबलोकन 

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]

January 20, 2025
चितवन महोत्सवमा हेल्थी बेवी प्रतियोगिता : विजेता राना मगर बनिन् प्रथम

चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]

January 19, 2025
रत्ननगरमा एचपिभी खाेप सम्बन्धी अभिमुखिकरण 

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram