Listen Live: 

संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण

Radio Chitwan
शुक्रबार, जेष्ठ ४, २०८१

मेघौली । वन्यजन्तु संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन। मेघौली– घटगाई नेचर गाइड एसोसिएसन भरतपुर चितवनको आयोजनामा शुक्रबार मेघौलीमा सम्पन्न स्थानिय निकायका साथै सरोकारवालाहरू सँग परिचयात्मक तथा जैविक विविधता संरक्षण सम्वन्धी अर्न्तकृयामा कार्यक्रममा सहभागीहरूले संरक्षणको सेतुको रुपमा गाइडले भूमिका खेल्नु पर्ने वताए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले प्रकृति संरक्षणमा गाइडको भूमिका उल्लेखनीय रहेको भन्दै पर्यटकलाई संरक्षणबाट चेतना फैलाउन गाइडमार्फत सजिलो हुने पनि बताए। चितवन निकुञ्ज अन्य संरक्षित क्षेत्र भन्दा फरक रहेकाले थप गम्भिरता अपनाउनुपर्ने वताउदै उनले नेचर गाइडको निकुञ्जभित्र वन्यजन्तुले आक्रमण गरेर ज्यानै समेत गएको छ, यस्ता घटना नदोहोरियोस् भनेर थप सजगता अपनाउनुपर्ने भएको छ,’ प्रमुख संरक्षण अधिकृत पुनले भने । चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘जिप सफारी’ गराउने अनुमती समिती मार्फत साना होटललाइ पनी दिन सकिने उनले वताए। विश्व विख्यात पर्यटकिय स्थल मध्ये चितवनको चितवन राष्ट्रिय निकुन्ज पनि एक रहेको र चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी गर्न धेरैले रुचाउने गर्दछन् । निकुञ्जका भित्री क्षेत्रमा फोहर भेटिन्छ। पर्यटकले खाएर फ्याँकीएको अवस्था पनि हुन्छ। यस्ता गतिविधि रोक्नका लागि पनि नेचर गाइडको भूमिका रहन्छ। गाइडले यस्ता धेरै कुरा नियन्त्रण गर्न सक्ने भरतपुर २२ का वडाध्यक्ष विष्णु महतोले वताए। उनले वन वन्यजन्तुको क्षेत्र स्वच्छ राख्ने भूमिका गाइडको रहेको बताए। फोहर प्लाष्टिक फाल्नाले गैंडाको स्वास्थ्यमा असर गर्न सक्छ। नदी प्रदुषणले गोही, माछालाई असर गर्न सक्छ भन्ने कुराहरू गाइडले सिकाउनुपर्ने वताए। टाइगर टप्स होटलका प्रशासकीय प्रवन्धक रामसिंह गुरुङले चितवनमा पर्यटन व्यवसाय सुरू गर्ने टाइगर टप्स होटल विश्वस्तरमा कहलिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्स लज सफारी पर्यटनको विश्वविख्यात ब्रान्ड नै थियो यो पुन सञ्चालन गरीनु पर्ने वताए । दुर्लभ बाघ, गैँडा तथा चराचुरूङ्गी, राइनो पार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गा सयर, मचान स्टे, जङ्गल वाक, जीप सफारी आदि मेघौलीको विशिष्टता भएको गोलाघाट पर्यटक विकास समितिका अध्यक्ष तेलवाहादुर कुमाल बिशालले वताए। जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र रापतीको संगमस्थल मेघौली नै चितवनको प्रमुख पर्यटकीय केन्द्र बन्ने मेघैली पर्यटन विकास समितिका अध्यक्ष मोतीप्रसाद भुषाल राजुको भनाइ छ । बिना बर्दीको निकुञ्जको आर्मी नेचर गाइड नै हो, पथप्रदर्शकहरू विश्व कै प्रतिनिधित्व गरेर पर्यटक डुलाउँछन्, त्यसैले संरक्षणमा उसको थप जिम्मेवारी हुने मेघौली घटगाई नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेष लिम्बूले वताए। कार्यक्रम व्यवस्थापनको लागी नेपाल टाइगर ट्रष्ट,वन्यजन्तु फोटोग्राफर ओम यादव, गाऊबेसी पोल्टीफर्मको सन्चालक किरण कुमाल लगायतले सहयोग गरेका थिय।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram