चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण
मेघौली । वन्यजन्तु संरक्षणमा नेचर गाइडको भूमिका महत्वपूर्ण भएको कार्यक्रमका सहभागीहरूले बताएका छन। मेघौली– घटगाई नेचर गाइड एसोसिएसन भरतपुर चितवनको आयोजनामा शुक्रबार मेघौलीमा सम्पन्न स्थानिय निकायका साथै सरोकारवालाहरू सँग परिचयात्मक तथा जैविक विविधता संरक्षण सम्वन्धी अर्न्तकृयामा कार्यक्रममा सहभागीहरूले संरक्षणको सेतुको रुपमा गाइडले भूमिका खेल्नु पर्ने वताए। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले प्रकृति संरक्षणमा गाइडको भूमिका उल्लेखनीय रहेको भन्दै पर्यटकलाई संरक्षणबाट चेतना फैलाउन गाइडमार्फत सजिलो हुने पनि बताए। चितवन निकुञ्ज अन्य संरक्षित क्षेत्र भन्दा फरक रहेकाले थप गम्भिरता अपनाउनुपर्ने वताउदै उनले नेचर गाइडको निकुञ्जभित्र वन्यजन्तुले आक्रमण गरेर ज्यानै समेत गएको छ, यस्ता घटना नदोहोरियोस् भनेर थप सजगता अपनाउनुपर्ने भएको छ,’ प्रमुख संरक्षण अधिकृत पुनले भने । चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘जिप सफारी’ गराउने अनुमती समिती मार्फत साना होटललाइ पनी दिन सकिने उनले वताए। विश्व विख्यात पर्यटकिय स्थल मध्ये चितवनको चितवन राष्ट्रिय निकुन्ज पनि एक रहेको र चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी गर्न धेरैले रुचाउने गर्दछन् । निकुञ्जका भित्री क्षेत्रमा फोहर भेटिन्छ। पर्यटकले खाएर फ्याँकीएको अवस्था पनि हुन्छ। यस्ता गतिविधि रोक्नका लागि पनि नेचर गाइडको भूमिका रहन्छ। गाइडले यस्ता धेरै कुरा नियन्त्रण गर्न सक्ने भरतपुर २२ का वडाध्यक्ष विष्णु महतोले वताए। उनले वन वन्यजन्तुको क्षेत्र स्वच्छ राख्ने भूमिका गाइडको रहेको बताए। फोहर प्लाष्टिक फाल्नाले गैंडाको स्वास्थ्यमा असर गर्न सक्छ। नदी प्रदुषणले गोही, माछालाई असर गर्न सक्छ भन्ने कुराहरू गाइडले सिकाउनुपर्ने वताए। टाइगर टप्स होटलका प्रशासकीय प्रवन्धक रामसिंह गुरुङले चितवनमा पर्यटन व्यवसाय सुरू गर्ने टाइगर टप्स होटल विश्वस्तरमा कहलिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा रहेको टाइगर टप्स लज सफारी पर्यटनको विश्वविख्यात ब्रान्ड नै थियो यो पुन सञ्चालन गरीनु पर्ने वताए । दुर्लभ बाघ, गैँडा तथा चराचुरूङ्गी, राइनो पार्क, असहाय वन्यजन्तु केन्द्र, थारु सांस्कृतिक सङ्ग्रहालय, प्याराजम्पिङ, पहाडी तथा आदिवासी संस्कृति, निकुञ्जमा हात्ती सयर, डुङ्गा सयर, मचान स्टे, जङ्गल वाक, जीप सफारी आदि मेघौलीको विशिष्टता भएको गोलाघाट पर्यटक विकास समितिका अध्यक्ष तेलवाहादुर कुमाल बिशालले वताए। जैविक विविधता, दुर्लभ वन्यजन्तुको वासस्थान चितवन राष्ट्रिय निकुञ्ज, दुई ठूला नदी नारायणी र रापतीको संगमस्थल मेघौली नै चितवनको प्रमुख पर्यटकीय केन्द्र बन्ने मेघैली पर्यटन विकास समितिका अध्यक्ष मोतीप्रसाद भुषाल राजुको भनाइ छ । बिना बर्दीको निकुञ्जको आर्मी नेचर गाइड नै हो, पथप्रदर्शकहरू विश्व कै प्रतिनिधित्व गरेर पर्यटक डुलाउँछन्, त्यसैले संरक्षणमा उसको थप जिम्मेवारी हुने मेघौली घटगाई नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेष लिम्बूले वताए। कार्यक्रम व्यवस्थापनको लागी नेपाल टाइगर ट्रष्ट,वन्यजन्तु फोटोग्राफर ओम यादव, गाऊबेसी पोल्टीफर्मको सन्चालक किरण कुमाल लगायतले सहयोग गरेका थिय।
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]