कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ ।
मन्त्रालयले स्काउटका सदस्य कुनै राजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक गतिविधिमा संलग्न नरहेको स्वघोषणा गर्न आग्रह गरेको हो ।
मन्त्रालयले राजनैतिक दलको सदस्यता नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको स्पष्ट व्यवस्था रहेको भन्दै राजनीतिक दलको सदस्यता त्याग नगरे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।
नेपाल स्काउटमा निर्वाचित पदाधिकारी विभिन्न राजनैतिक दलमा आवद्ध रही राजनैतिक गतिविधिमा सक्रिय रहेकोले कानूनबमोजिम कारबाही गर्न भनी स्काउटरबाट उजुरी तथा गुनासो आएको भन्दै मन्त्री श्रेष्ठले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।नेपाल स्काउट ऐन २०५० को दफा १८ (क) को उपदफा ९१० मा नेपाल स्काउटको सदस्यको योग्यतासम्बन्धी व्यवस्था गरिएको छ । सोही उपदफाको खण्ड (ख) र (ग) मा राजनैतिक दलको सदस्यता नलिएको र राजनैतिक गतिविधिमा संलग्न नभएको स्पष्ट व्यवस्था रहेको छ ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]