Listen Live: 

चितवनमा भोली राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, सम्पूर्ण तयारी पूरा

Radio Chitwan
बिहिबार, जेष्ठ ३, २०८१

रत्ननगर, शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनमा गर्ने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ को तयारी पूरा भएको छ । नारायणगढको लायन्सचोकमा रहेको संस्थाले बिहीवार रत्ननगरमा पत्रकार सम्मेलन गर्दै शुक्रवार (भोलि) हुने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’को सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

राइटपाथले काठमाडौं र धनकुटामा भव्यरूपमा सम्पन्न गरिसकिएको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ बिहीवार (आज) हेटौँडा र शुक्रवार (भोली) आफ्नै कार्यालयमा आयोजना गर्दैछ । राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलका अनुसार कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने खैरहनीको पर्सामा रहेको म्याङ्गो हलमा फ्रिमुभी टिकेट र आर्कषक गिफ्ट ह्याम्फरको व्यवस्था छ ।

यसैगरी यूएस लक्षित २५ हजार सम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स २ हजार ८१ रुपियाँ मै गर्न सकिने छ । कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् ।

राइटपाथका निर्देशक बिपिन शर्मा आचार्यले युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउने कार्यक्रमको उद्देश्य रहेको बताए । कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पुर्‍याउने उनको विश्वास छ ।

आन्य समाचारहरु:-
June 22, 2024
सक्षम आमा समुहमा महिला सशक्तिकरणका लागि प्रशिक्षण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १० का महिलाहरुलाई महिला अधिकार, पहुँच तथा सशक्तिकरण सम्बन्धी प्रशिक्षण दिइएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा सक्षम आमा समूहले आयोजना गरेको कार्यक्रममा ७५ […]

June 20, 2024
झुवानीमा विद्यार्थीलाई आत्महत्या राेकथाम तथा मनोसामाजिक सचेतना

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ५ स्थित झुवानी माविका विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम तथा मनोसामाजिक परामर्श सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएकाे छ ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीको आयोजना […]

June 17, 2024
प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १५ मा सम्पन्न प्रथम माधवपुर गाेल्डकपकाे आयव्याय सार्वजनिक गरिएकाे छ । आयाेजक माधवपुर खेलकेद विकास समितिले साेमबार पत्रकार सम्मेलनकाे आयाेजना गरि आयव्याय सार्वजनिक गरेकाे […]

June 17, 2024
बंगलादेशले नेपाललाई दियो १०७ रनको चुनौती

काठमाडौं – आईसीसी टी–२० क्रिकेटको अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको चुनौती दिएको छ । नेपालसँग बंगलादेश १९.३ बल खेल्दै १०६ रनमा अलआउट भएको हो । बंगलादेशलाई सस्तैमा समेट्न नेपालका […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram