Listen Live: 

कालिका नगरपालिकालाई तीन बर्ष भित्र बालमैत्री बनाउने घोषणा ।

Radio Chitwan
बिहिबार, बैशाख २७, २०८१

कालिका । चितचवनको कालिका नगरपालिकालाई आगामी तीन बर्ष भित्र बालमैत्री नगर बनाउने घोषणा गरिएको छ । तीन बर्ष भित्र वालश्रमिकको संख्या शुल्यमा झारेर बालमैत्री सुचक पुरा गरी बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको मेयर विनोद रेग्मीले जानकारी दिनुभयो । वालमैत्री स्थानीय सासन लागु भएको सो नगरपालिकाले केही दिन अघि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा योजनाबद्ध रुपमा काम गरी तीन बजे भित्र पालिकालाई बालमैत्री बनाउने घोषणा गरिएको हो । बालमैत्री नगर घोषणाको लागि नगरभित्र रहेका बालश्रमिकहरुको पहिचान गरी उनीहरुलाई शिक्षा प्रदान गर्ने, अभिभावकको जीविकोपार्जनको आधार तयार गरिने मेयर रेग्मीले बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीहरुलाई एउटै हलमा भेला गरी पालिकालाई २०८३ साल असोज महिलामा बालमैत्री घोषणा गर्ने गरी तयारी सुरु गरिएको उहाँको भनाई छ । वाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिताको सुनिश्चितता सहितको ५२ वटा सुचक पुरा गरेपछि पालिकालाई बालमैत्री घोषणा गर्न मिल्ने प्राबधान रहेको छ । नगरलाई बालश्रम मुक्त गरी बाल अधिकारको सुनिश्चितता सहित बालमैत्री घोषणा गर्ने कानुनी प्रबधान रहेको महिला विकास अधिकृत सम्झना ढकालले जानकारी दिनुभयो । आगामी आर्थिक बर्षबाट बजेट विनियोजन गरी श्रमिक बालबालिकाको तथ्याङ्क संकलन गर्ने, पहिचान भएका बालबालिकालाई श्रममुक्त गरी शिक्षा प्रदान गर्ने, अभिभावकको आयआर्जनको लागि सहयोग गर्ने लगायतका कामहरु सिलसिलाबद्ध रुपमा अगाडि बढ्ने उहाँले बताउनुभयो । साविकका गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी समायोजना गरी २०७४ जेष्ठ ७ गते नगरपालिका घोषण गरिएको सो पालिकाका पहाडी क्षेत्रका सीमान्तकृत चेपाङ समुदायको बसोबास छ । शहरी विकासको प्रथम चरणमा रहेको सो नगरपालिकामा ठुलो बजार छैन् । सिछि, शक्तिखोर,जुटपानी, खोलेसिमल, पदमपुरमा मझौला प्रकारका बजारहरु रहेका छन् । अधिकाँस ग्रामिण क्षेत्र रहेको सो पालिकामा बालश्रमिकको संख्या ज्यादै न्यून रहेको अनुमान गरिएको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram