कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिका नगरपालिकाले ६५ जना महिलालाई हलुका सवारी चालक ( ड्राइभिङ ) तालिम दिएकाे छ ।

१५ दिन सम्म आयाेजना गरिएकाे तालिम शनिबार ( आज ) एक कार्यक्रमका बीच सकिएको छ ।
तालिममा सहभागी कालिका वडा नं ३ कि बन्दना न्युरेले तालिम लिन पाएकाेमा खुशी व्यक्त गरिन् । सुनिता शेर्पाले निशुल्क तालिमले आफुहरूमा आत्मविश्वास बढेकाे बताईन । नयाँ खालकाे सीप सिक्ने अवसर पाएकाेमा नगरपालिकालााई धन्यवाद दिईन ।

समय थाेरैभएकाले आफुहरूलाई थप तालिम आवश्यक रहेको बताईन । खाली समयकाे राम्रो सदुपयोग भएकोमा खुशी व्यक्त गरिन् । थप तालिमका लागि बरू सहभागीहरूले पनि कति प्रतिशत लगानी गर्नुपर्छ त्यसमा खर्च गर्न तयार छाैं उनले थपिन - हामीलाई थप तालिम चाहियो ।

समापन कार्यक्रमलाई संवाेधनगर्दै नगर प्रमुख विनाेद रेग्मीले सहभागीहरूले सिकेकाे सीपलाई निखार ल्याउन कालिका नगरपालिकाले थप तालिमको व्यवस्थापनगर्ने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख रेग्मीले नगर क्षेत्रका नागरिकहरूमा सीपकाे विकास नभए सम्म समृद्ध कालिका निमार्ण हुन नसक्ने बताए ।

कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष कमलराज माेक्तानले सवारी चलाउन सिकेको सीपलाई कार्यान्वयनमा ल्याउन जाेड दिए। कालिकाले महिला लक्षित थुप्रैखालका सीपमूलक कार्यक्रम संचालन गर्दै आएकाे जानकारी दिए । नगर क्षेत्र भित्रका महिलाहरू आत्मनिर्भर बन्दै गएकाेमा खुशी व्यक्त गरे ।

कार्यक्रममा कालिका वडा नं ४ का वडा अध्यक्ष समेत रहेका सामाजिक विकास संयाेजक मकरमान श्रेष्ठले सहभागीहरूकाे माग अनुसार आवश्यक थप तालिम कालिकाले ल्याउने बताए । त्यसका लागि भित्रैदेखि सहभागीहरूमा रुचि हुनुपर्ने बताए ।

कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष, लक्ष्मण पाैडेलले कालिकाका हरेक नागरिकलाई सीप संग जाेड्ने नगरपालिकाकाे याेजनाका साथ यस्ता खालका सीपमूलक कार्यक्रमगर्दै आएकाे बताए ।

नगरपालिकामा ५२ हजार जनसंख्या छ उनले भने - हामी सबैलाई कुनै न कुनै सीपसंग जाेड्न चाहन्छौं । सीपले राेजगारी सृजनागर्ने भएकाले हरेक नागरिकसंग कुनै न कुनै सीप हुन आवश्यक छ - उनले भने ।

कार्यपालिका सदस्य शान्ति महताेले महिलाहरू सवारी चालकको रूपमा कामगर्ने संख्या न्यूनछ । कालिका नगरपालिकाले महिलाहरूलाई हाैसला प्रदान गरेको बताईन् । पुरूषहरूले मात्रै गर्ने काम हाे भनेर नसाेचि यसलाई व्यवसायीक रूपमै अगाडि बढाउने उद्वेश्य लिएर अगाडि बढ्न सुझाव दिईन ।

प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम नगर उपप्रमुख विमला तमाङकाे अध्यक्षतामा आयाेजना गरिएको हाे ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]