कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रत्ननगरमा जेसीज सप्ताह सुरु : मैत्रीपूर्ण फुटबलमा पत्रकार विजयी

रत्ननगर । रत्ननगर जेसीजले आयोजना गरेको जेसीज सप्ताह २०८० बुधबार उद्घाटन गरिएको छ । जेसीज सप्ताहको उद्घाटन तथा रत्ननगर जेसीज र पूर्वी चितवन पत्रकार मञ्च बीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो । जेसीज सप्ताहको रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । जेसीज सप्ताह उद्घाटन लगतै नेपाल माविको खेलमैदानमा आयोजित मैत्रीपूर्ण फुटबलमा पूर्वी चितवन पत्रकार मञ्च विजयी भएको छ । पूर्वी चितवन पत्रकार मञ्चले रत्ननगर जेसीजलाई ३–४ गोल अन्तरलेपछि पार्दै विजयी हासिल गरेको हो । मञ्चको तर्फबाट राजनदिल गुरुङले दुईगोल, केदार शर्मा र विलबहादुर अधिकारी एक एक गोल गरेका थिए । रत्ननगर जेसीजको तर्फबाट जेसीजबाट सुरेशजंग पाण्डे दुईगोल र रामप्रसाद शर्मा एक गोल गरेको भएपनि त्यो जीतका लागि प्रयाप्त हुन सकेन । कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले रत्ननगर जेसीजले गरेको सामाजिक कामको प्रशंसा गर्दै सप्ताहमा जेसीजले आयोजना गरेको आर्थिक विकासको सम्भावना सम्बन्धी कार्यक्रम फलदायी हुनेमा विश्वास व्यक्त गरे । खेलकुदको माध्यमबाट पर्यटन विकासको योजना अघि सारिएको भन्दै मेयर सापकोटाले त्यसका लागि पूर्वाधार निर्माणलाई जोड दिएको बताए । सेन्ट्रल कलेजका सञ्चालक यज्ञविलास पौडेलले सेन्ट्रल कलेज सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजमा सकरात्मक प्रभाव पर्ने कामहरु गर्दै आएको बताए । रत्ननगर जेसीजका अध्यक्ष नरहरि पुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, रत्ननगर जेसीजका पूर्व अध्यक्ष सुन्दरलाल श्रेष्ठ, नेपाल माविका प्रध्यानाध्यापक रामहरि भण्डारी लगायतले मन्तव्य राखेका थिए । खेल संयोजक सुरेशजंग पाण्डेले सञ्चालन गरेको कार्यक्रम सप्ताहका संयोजक रामप्रसाद पाण्डेले स्वागत मन्तव्य राखेका थिए । जेसीज सप्ताह अन्तर्गत वैशाख २० गते नेतृत्व विकास तालिम, २१ गते मानसिक स्वास्थ्य शिविर, २२ गते रत्नविज समिट, २३ गते वृक्षरोपण, २४ गते लागूऔषध दुव्यर्सनसम्बन्धी सचेतना, २५ गते अन्तरमावि वक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने छ । जेसीज सप्ताह जिल्लाको आर्थिक विकासको खोजी गर्दै सामाजिक काम गरेर मनाउन थालिएको भन्दै अध्यक्ष पुरीले समाजले युवाहरुको भूमिका खोजिरहेको बेला युवाहरुलाई समाजमा जोड्ने गरी कार्यक्रम तय गरिएको बताए ।
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]