Listen Live: 

नेकपा एकीकृत समाजवादी पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन

Radio Chitwan
बुधबार, चैत्र २२, २०७९

चितवन, चैत २२–

नेकपा ९एकीकृत समाजवादी० पार्टीको चितवन अध्यक्षमा अरुणपीडित भण्डारी चयन भएका छन् । आज ९बुधबार० बसेको जिल्ला पदाधिकारी बैठकले उपाध्यक्ष रहेका भण्डारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको प्रचार विभाग प्रमुख विष्णुराज महतोले जानकारी दिए ।

पार्टी जिल्ला अध्यक्ष डा।कृष्णराज पन्त पार्टीका पोलिटव्युरो सदस्य समेत हुन् । दोहोरी जिम्मेवारीका कारण केन्द्रीय निर्देशन अनुसार पन्तले अध्यक्षबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै उक्त रिक्त पदमा उपाध्यक्ष भण्डारीलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले पार्टी संगठन सुदृढिकरण विशेष अभियान २०७९ संचालन गर्ने निर्णय गरेको छ । त्यसका लागि ७ वटै पालिकामा रहेर सहजकर्ता तोक्ने निर्णय गरेको छ । जसअनुसार माडीमा नारदमणी पौडेल, कृष्णराज न्यौपाने लब्ली, विष्णुराज महतो, केशवराज पोख्रेल, रत्ननगरमा केपी लामिछाने, खैरहनीमा हेमन्त कंडेल, राप्तीमा कर्णबहादुर विश्वकर्मा, कालिका र इच्छाकामना नरेन्द्र कुमार कन्दङवालाई पालिकास्तरीय जिम्मेवारी दिने निर्णय भएको प्रचार विभाग प्रमुख महतोले जानकारी दिए ।

यस अभियान अन्तरगत जिल्ला मातहतका शाखा कमिटीहरुको गठन, पुर्नगठन, सदस्यता वितरण, सदस्यता नविकरण, कार्यकर्ता प्रशिक्षण, पार्टी सम्बद्ध जनसंगठनको गठन, पुर्नगठनलगायतका राजनीतिक र सांगठनिक कामलाई व्यवस्थित गर्ने निर्णय भएको महतोले बताए ।

बैठक पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो भने बैठकमा जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाललगायतको उपस्थिति रहेको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram