Listen Live: 

नारायणगढ–मुग्लिङ सडकको माथिल्लो भागको पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना नहुँदा हरेक वर्ष जनधनको ठुलो क्षति हुने गरेको छ ।

Radio Chitwan
सोमवार, असार ३२, २०८१

नारायणगढ– दुई लेनको सडकसँगै १९ वटा पुल निर्माणका लागि अर्बौं रुपियाँ खर्च गरिएको नारायणगढ–मुग्लिङ सडकमा पहिरो नियन्त्रणका लागि छिटपुटबाहेक दीर्घकालीन योजना अघि बढ्न सकेको छैन ।यो समाचार गोरखापत्र दैनिकमा छ, भूगर्भविद डा रञ्जनकुमार दाहाल नारायणगढ–मुग्लिङ सडकमाथिका पूरै पहाडको पहिरोको अवस्थाबारे अध्ययन नै नभएको बताउँछन् ।

“अब झारा टार्ने पाराले हैन । एक एक पहाडको पहिरोको जोखिम अध्ययन गरी नियन्त्रणको कार्य तत्काल सुरु गरिनु पर्छ,” उनले भने, “यसअघि सानातिना र एक दुई वटा पहिरो विशेषमा अध्ययन भयो होला तर त्यतिले नपुगेको हरेक वर्षको पहिरो र जनधनको क्षतिले पनि पुष्टि गरेको छ ।”

पछिल्लो पटक शुव्रmबार बिहान मात्रै भरतपुर महानगरपालिका–२९, सिमलतालमा आएको पहिरोले बगाएर काठमाडौँबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३–००६ ख १५१६ नम्बरको एन्जल्स डिलक्स बस ६१ जना यात्रुसहित बेपत्ता छन् । बसमा यात्रा गरेका ६५ जनामध्ये भारतीय नागरिक ऋषि पालको शनिबार शव भेटिएको छ भने तीन जना पौडिएर बाँच्न सफल भएका छन् ।

यस्तै सोही सडककै भरतपुर महानगरपालिका–२९ मा पर्ने सत्रकिलोमा शुक्रवार बिहान नै बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई पहिरोसँगै खसेको ढुङ्गाले लाग्दा चालक नवलपरासी सुनवल नगरपालिका–४ का मेघनाथ विकको मृत्यु भएको छ । नारायणगढ–मुग्लिङ सडकमा पहिरोको जोखिम यो पहिलो होइन । यसअघि पनि पटक पटक मानवीय तथा आर्थिक क्षति गरिरहेकै छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका हवलदार घनश्याम चौधरीका अनुसार २०७८ देखिका तीन वर्षमा यो सडकमा ७६ पटक पहिरो झर्दा ३२६ घण्टा त सडक नै अवरुद्ध भएको छ ।

यो सडकमा विगत दुई वर्षमा पहिरोमा परी ११ वटा सवारी साधनमा क्षति पुगेको, शुव्रmबार भएको घटनासहित नदीमा सवारी साधन पहिरोमा पुरिएर दुईको मृत्यु, ६१ जना बेपत्ता र छ जना घाइते भएका छन् । यस्तै दुई वर्षकै अवधिमा यसअघि सात वटा सवारी साधन त्रिशूली नदीमा खस्दा सात जनाको मृत्यु भएको छ ।

विज्ञ डा दाहाल यस्तो बारम्बार भइरहनुमा पहिरो नियन्त्रणको पहल वैज्ञानिक नहुनु नै ठान्छन् । “घटनाहरूले हरेक वर्ष वर्षा सुरु भएसँगै पहिरो झर्ने समस्याले यो सडकको यात्रा नै असुरक्षित बनाएको छ तर पहिरोको जड अध्ययन नहुनु नै ठुलो समस्या हो,” उनको तर्क छ ।

आन्य समाचारहरु:-
January 20, 2025
चितवन महोत्सवमा भोलि ४ राष्ट्रिय कलाकार आउँदै, अरु केके हुँदैछन् सांस्कृतिक कार्यक्रम 

चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।  महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 20, 2025
सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अबलोकन 

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]

January 20, 2025
चितवन महोत्सवमा हेल्थी बेवी प्रतियोगिता : विजेता राना मगर बनिन् प्रथम

चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]

January 19, 2025
रत्ननगरमा एचपिभी खाेप सम्बन्धी अभिमुखिकरण 

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram