Listen Live: 

राप्तीका उपमेयरले गरे मेयरको गाडी तोडफोड गर्नेलाई कारबाहीको माग

Radio Chitwan
आइतवार, असार ३१, २०८१

राप्ती । चितवनको राप्ती नगरपालिकाका मेयर शमशेर लामा चढेको गाडी तोडफोड गर्ने समुहको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । सोही नगरपालिकका उपमेयर देवेन्द्र लामाले आइतबार एक विज्ञप्ती जारी गर्दै मेयर लामा सवारी सरकारी गाडीमा आर्कमण गर्नेको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरको हुन् । घटना भएको आठ दिन वितिसक्दा पनि दोषीको पहिचान गरी कारबाही गर्न नसकिएको भन्दै उपमेयर लामाले इलाका प्रहरी कार्यालय भण्डारामा दोषीलाई कारबाहीको माग गर्दै निवेदन समेत दिएका छन् । नगरपालिकाको कामको सिलसिलामा गड्यौली पुगेर फर्किनेक्रममा बुद्धशान्ति मावि नजिक अज्ञात समुहले मेयर लामा चढेको बा २ झ ३६६६ नम्बरको सरकारी गाडीमा डुंगा प्रहार गरी तोडफोड गरेका थिए । नगर प्रमुख जस्तो जनप्रतिनिधीले नगर भित्र स्वतन्त्र र भए रहित वातारणमा हिडडुल गर्न नसक्ने हो भने नगरवासी सर्वसाधरण कसरी सुरक्षित हुन सक्छन भन्ने विषयले चिन्तित बनाएको छ विज्ञप्तीमा भनिएको छ । घटना निन्दनीय रहेको भन्दै उपमेयर लामाले विज्ञप्ती मार्फत दोषीको खोजी गरी कानुनी दायरा ल्याई कारवाही गर्न प्रशासन समक्ष माग गरेका छन् । घटना घटेको यतिका दिन सम्म पनि उक्त घटनामा संलग्न व्यक्तिहरु वा समूहलाई पक्राउ गर्न नसक्नुले सुरक्षा निकाय माथि गम्भीर प्रश्न उठेको छ विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा नगर प्रमुखको सवारी साधन माथि आक्रमण गर्नु जस्ता गम्भीर घटना वास्तविक हो वा कपोकल्पिल हो भन्ने प्रश्न नगरवासीले चासो र चिन्ता बनेको भन्दै उपमेयर लामाले घटनाको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन समेत प्रहरी प्रशासन समक्ष माग गरेका छन् ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram