Listen Live: 

रत्ननगर खानेपानी उपभोक्ताको संख्या १४ हजार, ९ सय ६५ नयाँ उपभोक्ता थपिए

Radio Chitwan
शनिबार, असार ३०, २०८१

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कुल उपभोक्ताको संख्या १४ हजार भन्दा बढी पुगेको छ । एक वर्षको अवधिमा ९ सय ६५ जना नयाँ उपभोक्ता थपिएसँगै उपभोक्ताको संख्या १४ हजार ८० पुगेको हो ।

रत्ननगरका १३ वटै वडामा १८ हजार घरधुरी रहेका छन् । खानेपानी संस्थाको सेवा क्षेत्र भित्रका ३ हजार ९ सय २० घरधुरी अझै स्वच्छ खानेपानीको पहुँच भन्दा बाहिर रहेको पाइएको छ ।

संस्थाको कार्यक्षेत्र भित्रको घर घुरी संख्या करिब १८ हजार रहेकोमा गत आर्थिक बर्षको धारा संख्या ७२ प्रतिशत रहेकोमा यस आर्थिक बर्षमा थप ६ प्रतिशत धारा जडान वृद्धि गरि ७८ प्रतिशत पुरयाउन सफल भएको संस्थाका अध्यक्ष माधव अर्यालले जानकारी दिए ।

संस्थाको सेवा सबै उपभोक्ताहरुमा सहज रुपमा विस्तार गर्ने मनसायले २०८१ बैशाख मसान्त सम्म नयाँ धारा जडान शुल्कमा २५ प्रतिशत छुट, पूर्ण अपाङ्गको हकमा निःशुल्क धारा जडान, पूर्ण अपाङ रातो कार्ड भएकालाई ५ वटा धारा जडान गरिएको उनले बताए । 

उपभोक्तालाई मासिक किस्ताबन्दीमा समेत धारा जडान गर्न सकिने व्यवस्था मिलाइएको छ । ढल एवं सडक निर्माणको क्रममा वितरण गरिएको पाइपलाइनमा क्षति पुगेका रत्ननगर वडा नं. ६ मन्दिरदेखि डयामसाइडसम्मका ६१ जना उपभोक्तालाई पानी महशुल छुट गरिनुका साथै न्युनतम महशुल ५० युनिटसम्म रु. २ हजार ५ सय र सो भन्दा माथि रु.३० प्रतियुनिट पानी महशुल निर्धारण गरिएको उनको भनाई छ । 

धारा जडान, संरचना सुधार र पाइपलाइन विस्तारमा ध्यान केन्द्रीत गरेको सो संस्थाले एक वर्षको अबधिमा १८ हजार ५ सय मिटर पाइपलाइन विस्तार, कार्यक्षेत्र भित्रका वडाहरुमा १५ किलोमिटर पाइपलाइन बिस्तार, रत्ननगर वडा नं. २ सुव्वाचोकमा एउटा बोरिङ निर्माण गर्न सफल भएको छ ।

रत्ननगरका वडा नं. ३, ५ ७ र ९ तथा टिकौली र बाघमारा वनसँगको लागत सहभागीतामा ४ सय ६९ वटा धारा जडान गरिएको छ । वडा नं. ३ मा १५ वटा, वडा नं. ५ मा ९९ वटा, वडा नं. ७ का ६९ वटा, वडा नं. ९ मा १ सय ६२ वटा यस्तै, टिकौली मध्यवर्ती सामुदायिक बनले १ सय वटा र बाघमारा मध्यवर्ती सामुदायिक बनले २४ वटा धारा जडान गरिदिएको हो । 

स्वाच्छ खानेपानीको महत्व बुझाउने र छुट सुविधा दिँदै धारा जडानलाई तीब्र पारिएको अध्यक्ष अर्यालले बताए । 

रत्ननगर नगरपालिका वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ मा सो संस्थाले स्वच्छ खानेपानी वितरण गर्दै आएको छ । सेवा क्षेत्र भित्रका सबै घरधुरीमा धारा जडान गर्ने गरी रणनीतिक योजना सहित काम भइरहेको सचिव प्रताप डल्लाकोटीले बताए ।

एक दुई बर्ष भित्रै सबै घरधुरीमा पानी पु¥याउने लक्ष्य छ उनले भने, “त्यसका लागि खानेपानीको महत्व बुझाउदै छुट सुविधा समेत प्रदान गरेका छौं ।”

सो संस्थाले पानी सुरक्षा र सरसफाईको कामलाई समेत प्राथमिकतामा राखेर काम गरिरहेको छ । पानी सुरक्षाका लागि कार्यसमिति, लेखा समिति र वडा संयोजकहरुलाई तालिम, पाइपलाईन, ट्याङ्की तथा फायरहेण्ड मर्मत गरिएको संस्थाकी कोषाध्यक्ष तथा पानी सुरक्षा समितिकी संयोजक सरस्वती लामाले बताइन् ।

स्वच्छ खानेपानी नागरिकको पहुँचमा पु¥याउन आवश्यक पर्ने सबै उपाय अबलम्बन गरेका छौं उनले भनिन्, “पानीको महत्व बुझेर धारा जडान गर्ने दायित्व नगरबासीको पनि हो ।” 

विशेष अवस्थामा उपभोक्ताहरुको घरमा खानेपानी पु¥याउन नसक्ने अवस्था भएमा स–शुल्क र निःशुल्क पानी वितरण गर्ने व्यवस्था गर्न टयाँङकर खरिद, सार्वजनिक स्थानमा बाटोमा हिडने बटुवाहरुको लागि निःशुल्क खानेपानी वितरणका लागि यस बर्ष थप ८ वटा सार्वजनिक धारा जडान, पानीको श्रोत संरक्षण र रिचार्जमा सहयोग पुगोस भन्नका लागि विभिन्न वातावरण र प्रकृति सम्वन्धि विभिन्न अवसरहरु पारेर चिसापानी मुहान सरसफाई, मनिखोला सरसफाई कार्यक्रमहरु गरी गुणस्तरीय पानी वितरणमा संस्था लागिपरेको कोषाध्यक्ष लामाले बताइन । संस्थाको स्रोत संरक्षण र बृक्षारोपण कार्यक्रम अन्र्तगत एक घर दुई विरुवा कार्यक्रम आयोजना गरी करिव १० हजार फलफुलका विरुवा वितरण गरिएको उनको भनाई छ ।  

पानी महशुल बापत लिँइदै आएको न्युनतम रकम रु. १ सय १० घटाएर रु. ८० कायम गर्नुका साथै विगतमा मर्मत सेवा शुल्क बापत लिइँदै आएका रकमहरु खारेज गरी मासिक रु. १० का दरले मर्मत शुल्क कायम गरिएको छ । 

संस्थाले यस आर्थिक बर्षमा रत्ननगर नगरपालिकाबाट रु. २५ लाख पाइपलाइन मर्मत सम्भारका लागि अनुदान स्वरुप प्राप्त गरेपश्चात सो योजनाको प्रथम चरणको सर्वे कार्य सम्पन्न भएको छ । 

२०५८ सालमा स्थापना भएको सो संस्थाले अहिले दैनिक साढे ४ लाख लिटर पानी वितरण गर्दै आएको छ । नागरिकलाई स्वच्छ पानी वितरण गर्दै आएको सो संस्थाले बार्षिक खर्च कटाएर साढे २ करोड बढी मुनाफा समेत गर्दै आएको छ ।

आन्य समाचारहरु:-
January 17, 2025
नवौं दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे चितवन महोत्स

चितवन, माघ ४ –१५ औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी […]

January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram