कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
शैक्षिक गुणस्तर सुधारका लागि बछाैली माविमा अन्तरक्रिया

साैराहा । रत्ननगर नगरपालिका वडा नं.६ बछाैलीमा रहेकाे बछाैली माविले विद्यालयमा शैक्षिक सुधारका लागि अन्तरक्रिया गरेको छ। विद्यालयमा अतिरिक्त कक्षा संचालन गर्न र शैक्षिक गुणस्तर सुधारका लागि विधालय व्यवस्थापन समितिले अभिभावकहरु संग अन्तरक्रिया कार्यक्रम गरिएकाे हो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडाध्यक्ष किरण महताेले अभिभावकले विद्यालयमा आएर आफ्ना छोराछोरीको वास्तविक शैक्षिक अवस्था बेलाबेलामा बुझ्नु
पर्ने, अनुगमन गर्ने, कमिकमजोरी औंल्याउने जस्ता काममा सकृय हुनु पर्नेमा जोड दिए । पर्याप्त आधार हुँदाहुँदै विभिन्न बाहनाबाजि गर्दै शैक्षिक उपलब्धिको बिषयमा ध्यान नदिने विद्यालय प्रशासक र शिक्षकहरु प्रति अब कठोर बन्ने उनको भनाई छ ।
समितिका अध्यक्ष राममणि खनालले विद्यालय र शिक्षक लागेर मात्र शिक्षा क्षेत्रको गुणस्तरमा परिवर्तन ल्याउन नसकिने बताउनुभयो। गुणस्तरीय शिक्षा हासिल गर्नका लागि सरोकारवाला पक्ष सवै जिम्मेवारी वन्न पर्ने बताए।
कार्यक्रममा विधालयका निमित प्रधानाध्यापक अात्माराम शर्माले विषयगत शिक्षकको व्यवस्था, अभिभावक बढी जिम्मेवार हुनुपर्ने, परिमार्जित पाठ्यक्रम अनुसार शिक्षकलाई तालिमको व्यवस्था गर्न सके शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताए।
कार्यक्रममा छिमेकी बिधालय गैवै माविका प्रधानाध्यापक ऋषिप्रसाद खनालले शिक्षक नियमित हुनुपर्ने बताउँदै शिक्षा क्षेत्रमा सहयोग बढाउन सुझाव दिनुभयो। कार्यक्रममा अभिभावक र सराेकारवाला गरि ४० जनाकाे सहभागिता रहेकाे थियाे ।


चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]