Listen Live: 

रत्ननगर ६ मा रहेकाे बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

Radio Chitwan
बुधबार, साउन २, २०८१

सौराहा । रत्ननगर नगरपालिका वडा नं.६ मा रहेकाे बछौली माविमा बार्षिक बजेट निर्माण तथा शैक्षिक गुणस्तरवृद्धिका लागि सुझाव संकलन एवम् अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । 

रत्ननगर नगरपालिका भित्रका वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरु बीच शैक्षिक सुधारका लागि अन्तर्क्रिया गरिएको हो ।

विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवाला बीच छलफल गरि आगामी आर्थिक वर्षको नीति तथा योजना निर्माण तथा शैक्षिक सुधारमा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी प्राप्त गर्नका  लागि कार्यक्रम गरिएको रत्ननगर ६ का वडा अध्यक्ष किरण महतोले जानकारी दिए ।

समग्र शिक्षा प्रणालीको विकासको लागि वडा कार्यालय निरन्तर लागिरहेको साथै बालबालिकाहरुको चौतर्फी विकास, बालमैत्री सिकाई र सक्षम बालबालिका निर्माणको लागि निरन्तर अभियानमा रहेको उनले बताए । छिमेकी वडामा रहेका विद्यालयका शिक्षकहरुलाई समेत अन्तरक्रियामा सहभागी गराइएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राममणि खनालको अध्यक्षता भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उपमेयर यादव पाठकको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त कार्यक्रममा रत्ननगर १ का वडा अध्यक्ष कुलप्रसाद सापकोटा, वडा नं २ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरे, रत्ननगर ४ का वडाध्यक्ष राम कुमार चौधरी, रत्नगरका सामाजिक विकास समितिका संयोजक तथा  ५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, ८ का वडा अध्यक्ष कृष्ण चौधरी, ९ का वडा अध्यक्ष अनन्त अधिकारी,  रत्ननगर १० का वडा अध्यक्ष कलाधर पौडेल, ११ का वडा अध्यक्ष श्याम कुमार श्रेष्ठ, १३ का वडा अध्यक्ष पोट बहादुर घिमिरे,  नगर शिक्षा अधिकृत नारायण प्रसाद वाग्ले, रत्ननगर ७ का वडा सदस्यहरु सुर्य तमाङ र विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

शैक्षिक सुधारका लागि धैरै काम गर्न आवश्यक रहेको र सामुहिक रुपमा काम गर्दा शैक्षिक सुधारका सहज हुने रत्ननगर नगरपालिका उपमेयर पाठकले बताए ।  शैक्षिक सुधारका लागि धेरै नै काम गर्नुपर्ने रहेको तर नगर तथा वडाको सिमित स्रोत साधनले गर्दा समस्या रहेको उनको भनाई छ ।

निरन्तर रुपमा वडाका जनप्रतिनिधिहरु र शिक्षकबीच छ्लफल हुँदा शैक्षिक गुणस्तरका लागि सहज हुने भएकाले यस्ता कार्यक्रमलाई अन्य वडाले पनि सिको गर्नुपर्ने बताए । शिक्षकसंग न्युनतम मापदण्ड बनाएर प्रतिवद्धता जनाउने र त्यसअनुसार रिजिल्ट नदेखिय कारबाही गर्नेु पर्ने  बताए । विद्यालयकाे स्तर नतिजाले देखाउने हुदा नतिजा देखिने गरि याेजनाबद्धरुपमा शिक्षणसिकाईमा केन्द्रित हुने  शिक्षकहरुलाई उपमेयर पाठकले निर्देशन समेत दिनुभएकाे छ । 

विद्यालयका शिक्षक,बिधार्थी र अभिभावक सँग अन्तरक्रिया र प्रशिक्षण गर्नुपर्ने रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकृत वाग्लेले बताए । शैक्षिक गुणस्तरका लागि सामुदायिक विद्यालयहरूमा अभिभावकको भरोसा रहेको र सरोकारवाला सबैले शैक्षिक सुधारका लागि प्रयास गर्नुपर्ने उनले बताए । उनले कक्षागत अभिभावक भेला गरेर विद्यार्थी र अभिभावक बीच प्रत्यक्ष भेटघाट हुने वातावरण तयार भए पनि शैक्षिक गुणस्तरवृद्धिमा टेवा पुग्ने विस्वास व्यक्त गर्ने भएकाे छ । शिक्षकहरु जिम्मेवार नबन्दा एसइईकाे रिज्ल्टमा साेचे जति नभएकाे उनले बताए । अघिल्लो वर्ष भन्दा यस शैक्षिक सत्रमा गुणस्तर वृद्धि भएमात्र शैक्षिक सिकाई उपलब्धि हुने उनले बताए ।

विद्यालयले सुझाव संकलन समिति नै गठन गरेर जन प्रतिनिधि, अभिभावक र शिक्षकहरुबाट सुझाव संकलन गरिएकाे समिति अध्यक्ष खनालले बताए । उनका अनुसार संकलित सुझावकाे आधारमा आगामी  कार्यक्रम तय गरिने र अभिभावकहरु वीचकाे अन्तरक्रियाबाट विद्यालयमा विहान ६ वजे देखि साझ ६ वजे सम्म  पठनपाठन सञ्चालन गर्ने र आवश्यक शुल्कमा अभिभावकवाट ४० प्रतिशत र विद्यालयले ६० प्रतिशत व्यहोर्ने गरी कक्षा सञ्चालन गरिने तयारी भएकाे खनालले बताए ।

साे विद्यालयमा सञ्चालित प्राविधक धार तर्फ शिक्षक प्रतिनिधि अन्जन भट्टराई र साधारणतर्फ विजय सुवेदीले विद्यालयका तर्फवाट भाविकार्याेजना बारेमा प्रस्तुतिकरण गरेका थिए ।

आन्य समाचारहरु:-
March 25, 2025
पुग्यो WorldLink को १० लाख ग्राहाक

१० लाख घरधुरीको परिवार १० लाख घरधुरी, ५० लाख मनका तार, हिमाल पहाड तराई, हामी सबै एउटै परिवार।

February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram