कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सौराहामा ७ करोड लगानीमा चन्द्रमा होटल सञ्चालनमा

रत्ननगर, चितवनको सौराहामा ७ करोड लगानीको चन्द्रमा होटल एंड रेष्टुरेण्ट सञ्चालनमा आएकोछ
भरतपुर महानगरपालिका वडा नं। ९ शरदपुरका युवा व्यवसायी चेतराम गैरेले रत्ननगर वडा नं। ६ सौराहामा १७ कोठे सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् ।
वि।स २००९ सालबाट जापानको टोकियोबाट व्यवसाय सुरू गरेका युवा व्यवसायी गैरेले नेपालको तेस्रो पर्यटकीय नगरी सौराहामा पनि सुबिधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हुन् ।
होटलमा एसि सहितको सुबिधा सम्पन्न कोठा, बिदेशि तथा आन्तरिक पर्यटकलाई स्वादिष्ट परिकारको व्यवस्था रहेको सञ्चालक गैरेको भनाई छ ।
होटलको एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय आविस्कार केन्द्र नेपालका अध्यक्ष डा। महाविर पुनले उद्धघाटन गरे ।
कार्यक्रममा बोल्दै उनले सौराहाका होटलहरूले गुणस्तरीय सेवा सुबिधामा दिनुपर्नेमा जोड दिए ।
होटलका सञ्चालक गैरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा रत्ननगर वडा नं। ६ का वडा अध्यक्ष किरण महतो, बाघमार वनका अध्यक्ष जित वहादुर तामाङ, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरी लगाएतले मन्तव्य राखेका थिए ।
सौराहाका पुराना व्यवसायि तथा समाजसेवी पुरूषोत्तम लामिछानेले स्वागत मन्तव्य राखेको कार्यक्रममा रेवानका पूर्व अध्यक्ष गोकर्ण गिरी, नेचर गाईड एसोशियसनका अध्यक्ष अनिल गुरूङ, बछौली चौकी प्रमुख श्याम थापा लगायत सौराहाका व्यवसायीहरूको सहभागिता रहेको थियो ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

