चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
नेकपा एमाले चितवनको ११ औं अधिवेशन : स्वागत तथा सत्कार उपसमितिको बैठक सम्पन्न
चितवन, बैशाख २३ –
नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन सम्पन्न गर्न बनेको स्वागत तथा सत्कार उपसमितिको बैठक सम्पन्न भएको छ ।
आज पार्टी कार्यालयमा बसेको बैठकले स्वागत सत्कारका लागि उपस्थित हुनेहरुले विभन्नि संस्कृती झल्कने पोशाक लगाउने निर्णय गरेको उपसमिति संयोजक अन्जना गौतमले जानकारी दिइन् । त्यसैगरी स्वागत सत्कारमा कुनै पनि कमी हुन नदिन पूर्व तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा नेकपा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठक, उपसचिव प्रकाश ढुंगाना लगायतको विशेष उपस्थिति रहेको थियो ।
जेठको १०, ११ र १२ गते एमाले चितवनको अधिवेशन हुन लागेको हो । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् ।
अध्यक्ष न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा सम्मान कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा स्वागत सत्कार उपसमिति, भक्ति प्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति बनाइएको छ ।
यसैगरी बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदीको संयोजकत्वमा समृद्ध चितवन निर्माण कार्यदल समेत बनेको छ । एमालेले प्रत्येक ३/३ वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ ।
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ सिंहदरबारमा पठाइदिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घिसिङसँग पुस २२ गते आठ बूँदे स्पष्टीकरण […]