Listen Live: 

सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको छ : पूर्वमन्त्री पाण्डे

Radio Chitwan
शनिबार, जेष्ठ ५, २०८१

चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको उल्लेख गर्नुभएको छ ।

राप्रपा नगर कमिटी रत्ननगरले आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै पूर्वमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । त्यस्तै उहाँले देशमा ०६२/ ०६३ को आन्दोलन पश्चात् १२ बुँदे सम्झौताले देशको पौराणिक नामहरु ध्वस्त हुँदै गएको बताउनुभयो । पार्टी पङ्तिमा रहेर राष्ट्रका लागि योगदान दिने योद्धाहरुलाई सम्मान गर्दै पाण्डेले राप्रपा संगठन निर्माण र बिस्तारमा समेत देशैभर सक्रिय रहेको जिकिर समेत गर्नुभयो ।

राप्रपाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पूर्वमन्त्री पाण्डेले देश र जनताका लागि सोच्ने नेताभन्दा सदनमा नाङ्गो नाच देखाउनेहरुको जमात बढेको तर्क गर्नुभयो । सबै जातिको नेतृत्व हुनेगरी पार्टीमा सुमधुर सम्बन्ध कायम गराएको हुँदा आँफु जहिलेपनि जहाँपनि जनताको सेवामा तत्पर रहिरहेको उल्लेख गर्नुभयो । पार्टीलाई दलगत र गुटको आधारमा नभई निस्वार्थ भावनाले संगठन निर्माणमा लाग्न समेत सबै कार्यकर्ताहरुमा आह्वान समेत गर्नुभयो । 

यसैबीच चितवन क्षेत्र नं. ३ (ख) का प्रदेशसभा सांसद ज्ञानजंग लामाले सनातन हिन्दुराज्य सहितको राजसंस्था निर्माण गर्नुपर्ने आजको अपरिहार्य आबश्यकता रहेको बताउनुभएको छ । परिवर्तनका नाममा भइरहेका आन्दोलनले देशमा खासै परिवर्तन हुन नसकेको तर्क गर्दै लामाले देशमा सुशासन र रोजगारी निर्माण गर्न राप्रपा सधैं सशक्त रहेको जिकिर गर्नुभयो ।

त्यस्तै राप्रपा सहमहामन्त्री एवं पूर्व बागमती प्रदेशसभा सदस्य रिना गुरुङले अझैपनि राप्रपाप्रति ठुला दलहरुको हेपाई प्रवृत्ति कायमै रहेको बताउनुभयो । हिन्दुराज्य सहितको राजसंस्था राप्रपाको प्रमुख एजेन्डा भएको हुँदा जनतामा केही दलहरु भ्रम छर्न उन्मुख भएको समेत जिकिर गर्नुभयो ।

त्यस्तै राप्रपा चितवनका जिल्ला अध्यक्ष रुद्र ढकालले सहकारी प्रकरणमा केही साना तथा ठुला दलहरु मुछिएको बताउनुभएको छ । नयाँ दल समेत पुरानै कित्तामा उभिएको स्मरणगर्दै अध्यक्ष ढकालले देश ठुला माछाको चुङ्गुलबाट उम्कन नसकेको तर्क गर्नुभयो । साथै उहाँले चितवन जिल्लालाई गुटमा परिणत नगरीकन संगठन निर्माणमा जोड दिन सबै नेता तथा कार्यकर्ताहरुमा आह्वान समेत गर्नुभयो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2026 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram