चितवन – नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको छ : पूर्वमन्त्री पाण्डे
चितवन । चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले सनातन हिन्दुधर्म ध्वस्त भएका कारण राष्ट्रको अवस्था जरजर भएको उल्लेख गर्नुभएको छ ।
राप्रपा नगर कमिटी रत्ननगरले आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै पूर्वमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । त्यस्तै उहाँले देशमा ०६२/ ०६३ को आन्दोलन पश्चात् १२ बुँदे सम्झौताले देशको पौराणिक नामहरु ध्वस्त हुँदै गएको बताउनुभयो । पार्टी पङ्तिमा रहेर राष्ट्रका लागि योगदान दिने योद्धाहरुलाई सम्मान गर्दै पाण्डेले राप्रपा संगठन निर्माण र बिस्तारमा समेत देशैभर सक्रिय रहेको जिकिर समेत गर्नुभयो ।
राप्रपाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पूर्वमन्त्री पाण्डेले देश र जनताका लागि सोच्ने नेताभन्दा सदनमा नाङ्गो नाच देखाउनेहरुको जमात बढेको तर्क गर्नुभयो । सबै जातिको नेतृत्व हुनेगरी पार्टीमा सुमधुर सम्बन्ध कायम गराएको हुँदा आँफु जहिलेपनि जहाँपनि जनताको सेवामा तत्पर रहिरहेको उल्लेख गर्नुभयो । पार्टीलाई दलगत र गुटको आधारमा नभई निस्वार्थ भावनाले संगठन निर्माणमा लाग्न समेत सबै कार्यकर्ताहरुमा आह्वान समेत गर्नुभयो ।
यसैबीच चितवन क्षेत्र नं. ३ (ख) का प्रदेशसभा सांसद ज्ञानजंग लामाले सनातन हिन्दुराज्य सहितको राजसंस्था निर्माण गर्नुपर्ने आजको अपरिहार्य आबश्यकता रहेको बताउनुभएको छ । परिवर्तनका नाममा भइरहेका आन्दोलनले देशमा खासै परिवर्तन हुन नसकेको तर्क गर्दै लामाले देशमा सुशासन र रोजगारी निर्माण गर्न राप्रपा सधैं सशक्त रहेको जिकिर गर्नुभयो ।
त्यस्तै राप्रपा सहमहामन्त्री एवं पूर्व बागमती प्रदेशसभा सदस्य रिना गुरुङले अझैपनि राप्रपाप्रति ठुला दलहरुको हेपाई प्रवृत्ति कायमै रहेको बताउनुभयो । हिन्दुराज्य सहितको राजसंस्था राप्रपाको प्रमुख एजेन्डा भएको हुँदा जनतामा केही दलहरु भ्रम छर्न उन्मुख भएको समेत जिकिर गर्नुभयो ।
त्यस्तै राप्रपा चितवनका जिल्ला अध्यक्ष रुद्र ढकालले सहकारी प्रकरणमा केही साना तथा ठुला दलहरु मुछिएको बताउनुभएको छ । नयाँ दल समेत पुरानै कित्तामा उभिएको स्मरणगर्दै अध्यक्ष ढकालले देश ठुला माछाको चुङ्गुलबाट उम्कन नसकेको तर्क गर्नुभयो । साथै उहाँले चितवन जिल्लालाई गुटमा परिणत नगरीकन संगठन निर्माणमा जोड दिन सबै नेता तथा कार्यकर्ताहरुमा आह्वान समेत गर्नुभयो ।
खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ […]
चितवन, माघ ६ –चितवन महोत्सवका अवसरमा आयोजित हेल्थी बेवी प्रतियोगितामा विजेता राना मगर विजयी भएकी छन् । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको सभाहलमा आयोजित प्रतियोगितामा एभरेष्ट प्रि स्कुलकी विजेता राना […]
रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एचपिभी खोप अभियान–२०८१ अन्तर्गत नगरस्तरीय खोप समन्वय समितिको बैठक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंको […]