Listen Live: 

जेसीज सप्ताहमा सार्वजनिक जग्गामा बृक्षारोपण

Radio Chitwan
आइतवार, बैशाख २३, २०८१

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं ४ ले संरक्षण गरेको सार्वजनिक जग्गामा आइतबार बृक्षारोपण गरिएको छ । रत्ननगर जेसीजले जेसीज सप्ताहको पाँच दिन बाताबरण संरक्षणको लागि सार्वजनिक जग्गामा बृक्षारोपण गरेको हो । वडा कार्यालयसंग सहकार्य गरी खुल्ला व्याम सेन्टर रहेको क्षेत्रलाई हरियाली बनाउने उद्देश्यले बृक्षारोपण गरिएको रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष रामकुमार चौधरीले सार्वजनिक जग्गा संरक्षण र खुल्ला ब्याम सेन्टरलाई हरियाली बनाउन जेसीजसंग सहकार्य गरेर बृक्षारोपण गरिएको बताए । सार्वनिक जग्गामा फोहोर फाल्ने प्रबृति मौलाउदै गएको भन्दै उनले त्यसलाई रोक्न बृक्षारोपण गरिएको उनले बताए । कार्यक्रममा जनप्रतिनिधि, जेसीजका पदाधिकारी तथा सदस्यहरुले विभिन्न जातका विरुवाहरु रोपेको रत्ननगर जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा सप्ताह मुल संयोजक रामप्रसाद पाण्डेले जानकारी दिए । कार्यक्रममा वडा सदस्यहरु विश्वास रायमाझी, बविता चौधरी, आस्मा खातुन, मीना विक, पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, सामाजिक अभियान्ता ज्ञानेन्द्रराज पाण्डे लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक दीपक आाचार्यले जानकारी दिए । रत्ननगर जेसीजका अध्यक्ष पुरीको अध्यक्षतामा भएको कार्यक्रम महासचिव सुरेशजंग पाण्डेले सञ्चालन गरेका थिए । रत्ननगर जेसीजले जेसीज सप्ताह तथा रजतजयन्तीको अबसरमा रत्नविज समिट लगाउत समाज केन्द्रीत विभिन्न कार्यक्रम गरेको छ ।

आन्य समाचारहरु:-
January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

January 13, 2025
खैरहनीमा आजदेखि खिचरा महोत्सव : मुुख्यमन्त्रीले उद्घाटन गर्ने 

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram