Listen Live: 

.कालिकामा सहमतीको बेमौसमी तरकारी खेती तालिम सुरु

Radio Chitwan
शुक्रबार, चैत्र १६, २०८०

रत्ननगर- समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सहमतीले कालिका नगरपालिकामा बेमौसमी तरकारी खेती तालिम सुरु गरेको छ ।संस्थाले कालिकाका तिनवटा सामुदायिक वनमा आवद्ध २२ जना किसानहरुलाई तालिम संचालन गरेको हो । तालिम पाउनेहरुमा चतुर्मुखी, अमलाचुली र भिमवली सामुदायिक वनमा आवद्ध किसानहरु छन् ।कालिकाकै भिमवली सामुदायिक वन कार्यालयको सभाहलमा सुरु भएको तालिमको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि वडा नं. ५ का वडाध्यक्ष दिपक बहादुर भट्टराईले यस्ता तालिमले किसानहरुको आर्थिक क्षमता बढाउन सहयोगी भूमिका खल्ने धारणा व्यक्त गरे ।सामुदायिक वनमा आवद्ध किसानहरु आर्थिक रुपमा सबल भएमात्र संरक्षणको काम दिगो हुने बताउँदै थापाले आयोजक प्रति धन्यवाद ज्ञापन गरे ।भिमवली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयचन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रम सहमतीका चितवन जिल्लाको लागि सामाजिक सहजकर्ता जनक सुवेदीले संचालन गरेका थिए ।सहमति संस्थाले डब्लु डब्लु एफ नेपालसँगको सहकार्यमा यस्ता कार्यक्रम संचालन गर्दै आएको छ । तालिमका सहभागीहरुलाई नेपाल कृषि अनुसधान परिषदका वरिष्ठ वैज्ञानिक डा. सुवास सुबेदीले प्रशिक्षण दिनेछन् ।

आन्य समाचारहरु:-
May 13, 2024
स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । मन्त्रालयले स्काउटका सदस्य कुनै राजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक […]

May 12, 2024
पत्रकार गुरुङको गाडी तोडफोड गरी नगद चोरी

रत्ननगर । चितवनका क्रियाशिल पत्रकार राजनदिल गुरुङको गाडी तोडफोड गरी सञ्चार सामाग्री सहित नगद चोरी भएको छ । राप्ती नगरपालिका वडा नं ७ वीरेन्द्रनगर चोक नजिक पाकिङ गरेर राखेको गाडी […]

May 11, 2024
कालिका नगरपालिकाले ६५ जना महिलालाई हलुका सवारी चालक ( ड्राइभिङ ) तालिम दिएकाे छ ।

१५ दिन सम्म आयाेजना गरिएकाे तालिम शनिबार ( आज ) एक कार्यक्रमका बीच सकिएको छ ।  तालिममा सहभागी कालिका वडा नं ३ कि बन्दना न्युरेले तालिम लिन पाएकाेमा खुशी व्यक्त […]

May 10, 2024
कालिकामा नगर प्रहरीको सेवा सुरु : तालिम दिएपछि दीक्षान्त

चितवन । चितवनको कालिका नगरपालिका स्थापना भएको आठ बर्षपछि नगर प्रहरीको सेवा सुरु गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram