कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
सुकुमबासी समुदायलाई लागुऔषध दुव्यशनी सम्बन्धी सचेतना

चितवन । चितवनको रत्ननगरमा सुकुमबासी समुदायलाई सोमबार लागुऔषध दुव्यशनी सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको छ । रत्ननगर जेसीजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत रत्ननगर वडा नं १२ स्थित शालघाली सुकुमबासी समुदायलाई लागुऔषध दुव्यशनी सम्बन्धी सचेतनामुलक प्रशिक्षण दिइएको हो ।
सुकुमबासी समुदायका युवाहरु कुलतमा फस्नेक्रम बढ्दै गएपछि सचेतनामुलक कार्यक्रम गरिएको रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले बताउनुभयो । गरिव बस्तीहरुमा लागु औषध प्रयोग बढि हुने गरेको भन्दै उनले लागु औषधको जोखिमबाट युवाहरुलाई बचाउन समुदाय केन्द्रीत कार्यक्रम गरिएको उहाँको भनाई छ । वडा कार्यालयको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा सपोर्ट एण्ड केयर पुनस्र्थापना केन्द्र टिकौलीका प्रकाश शाह र सन्तोष ढकुरीले सहजीकरण गरेका थिए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुन्दरमणि सुवेदी लागु औषधको बढ्दो प्रयोगले समाजमा विखण्डन ल्याउने गरेको भन्दै यसलाई रोक्न स्थानीय सरकारले योजना बनाएर काम गरिरहेको बताउनुभयो । लागुऔषधले मानव स्वास्थ्यमा मात्र नभई घर र समाजमा समेत असर परेको उहाँका भनाई छ । कार्यक्रममा जेसीजका मुल संयोजक रामप्रसाद पाण्डेले रत्ननगर जेसीजको रजतजयन्ती तथा जेसीज सप्ताहमा जिल्लामै दीर्घकालिन प्रभाव पर्ने रत्नविन समिट देखि समान केन्द्रीत कार्यक्रम गरिएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा रत्ननगर जेसीजका संस्थापक अध्यक्ष निजानन्द मल्लले लागु औषधले समाजमा नराम्रोसंग जरा गाडेको भन्दै यसको निर्मुलीकरणको लागि अभियान चलाउनुपर्ने बताए । रत्ननगर जेसीजका अध्यक्ष पुरीको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव प्रवल भूर्तेलले सञ्चालन गरेका थिए ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]