Listen Live: 

पेवा साकोसको साधारण सभा : एक बर्षमा डेढ करोड बढी मुनाफा

Radio Chitwan
आइतवार, अशोज २८, २०८०

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं २ टाँडीमा रहेको पेवा बचत तथा ऋण सहकारी संस्थाको शनिबार ११औं बार्षिक साधारण सभा गरिएको छ ।

रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको सो कार्यक्रममा तीन महत्वपूर्ण प्रतिवेदन, विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान तथा एक बर्षमा गरेको आर्थिक उपलब्धी प्रस्तुत गरिएको छ । सो सहकारीले आर्थिक बर्ष २०७९/८० मा एक करोड ५९ लाख ८९ हजार मुनाफा गर्न सफल भएको छ । ६ करोड ५ लाख ६५ हजार रुपैया आम्दानी गरेको सो सहकारीले ४ करोड १२ लाख १४ हजार खर्च कटाएर एक करोड ५९ लाख ८९ हजार मुनाफा गर्न सफल भएको हो ।

३ हजार ४३७ जना शेयर सदस्य रहेको सो सहकारीको कुल सम्पती ४५ करोड २० लाख ८ हजार, शेयरपूँजी ५ करोड ७७ लाख ७० हजार, ऋण लगानी ३४ करोड ५ लाख ७२ हजार, बचत संकलन ३१ करोड ३६ लाख ४३ हजार तथा जगेडाकोषमा २ करोड २५ लाख ५९ हजार रुपैया रहेको संस्थाका व्यवस्थापक किशोर भट्टराईले जानकारी दिए ।

साधारण सभामा संस्थाका अध्यक्ष नवराज तिमिल्सिनाले नीति, कार्यक्रम र बजेट, कोषाध्यक्ष अरुणकुमार सिवाकोटीले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक माधव खतिवडाले लेखा परीक्षण प्रतिवेदन तथा शिक्षा समितिका संयोजक ठाकुर पन्तले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कष्ट बचतकर्ता १० जना, उत्कृष्ट ऋणि उद्यमी १० जना, ज्येष्ठ शेयर सदस्य ६ जना, एसईइ र प्लस २ मा उत्कृष्ट अंक ल्याउन एक एक जना, समाजसेवी एक जना, विद्याबारिधी र डाक्टर एक एक जना, निर्वतमान समिति र २ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि मेयर सापकोटाले उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गरे । मुलुक आर्थिक संकटको चपेटामा फसेको भन्दै उनले स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान गराउन सहकारीले भूमिका खेल्नुपर्ने बताए । बाहिरबाट आएका सहकारी स्थानीय सरकारको टाउको दुखाईको विषय बनिरहेको भन्दै उनले बुद्धिमताका साथ कारोबार गर्न स्थानीय सहकारीलाई आग्रह गरे ।

संस्थाका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री शेषनाथ अधिकारी, वडा नं २ का वडाध्यक्ष राजेन्द्र घिमिरे, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरी, जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमनाथ दुवाडी, जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्द भट्टराई, समाजसेवी उत्तम आचार्य लगायतले मन्तव्य राखेका थिए ।

सञ्चालक समिति सदस्य शर्मिला सिंखडा लामिछानेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष डा.मधुसुदन लामिछानेले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाको बन्दपत्रले खुल्ला सत्रमा प्रस्तुत गरेका तीन प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । सो सहकारी २०६७ साल भदौं २७ गते स्थापना भएको थियो । त्यसैगरी सोही कार्यक्रममा मेयर सापकोटालाई मायाको चिनो खरिद गर्न लाग्ने पैसाबाट विपन्न तीन परिवारको स्वास्थ्य बीमा गर्ने घोषणा गरिएको छ ।

आन्य समाचारहरु:-
May 13, 2024
स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । मन्त्रालयले स्काउटका सदस्य कुनै राजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक […]

May 12, 2024
पत्रकार गुरुङको गाडी तोडफोड गरी नगद चोरी

रत्ननगर । चितवनका क्रियाशिल पत्रकार राजनदिल गुरुङको गाडी तोडफोड गरी सञ्चार सामाग्री सहित नगद चोरी भएको छ । राप्ती नगरपालिका वडा नं ७ वीरेन्द्रनगर चोक नजिक पाकिङ गरेर राखेको गाडी […]

May 11, 2024
कालिका नगरपालिकाले ६५ जना महिलालाई हलुका सवारी चालक ( ड्राइभिङ ) तालिम दिएकाे छ ।

१५ दिन सम्म आयाेजना गरिएकाे तालिम शनिबार ( आज ) एक कार्यक्रमका बीच सकिएको छ ।  तालिममा सहभागी कालिका वडा नं ३ कि बन्दना न्युरेले तालिम लिन पाएकाेमा खुशी व्यक्त […]

May 10, 2024
कालिकामा नगर प्रहरीको सेवा सुरु : तालिम दिएपछि दीक्षान्त

चितवन । चितवनको कालिका नगरपालिका स्थापना भएको आठ बर्षपछि नगर प्रहरीको सेवा सुरु गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram