Listen Live: 

गैंडा पाइने एशियाली राष्ट्रहरुको तेस्रो बैठक चितवन राष्ट्रिय निकुञ्जमा सम्पन्न

Radio Chitwan
सोमवार, माघ २३, २०७९

चितवन, माघ २३–

गैंडा पाइने एशियाली राष्ट्रहरुको तेस्रो बैठक चितवन राष्ट्रिय निकुञ्जमा सम्पन्न भएको छ । बैठकमा गैंडा पाइने एशियाली मुलकहरु भुटान, भारत, इण्डोनेशिया, मलेशिया र नेपालका उच्च सरकारी अधिकारीहरु, विश्व संरक्षण संघको स्पेसिस सरभाइभल कमिशनका अधिकारीहरु, एशियन गैंडा विज्ञ समूह, संरक्षण साझेदार संघ संस्थाका प्रतिनिधीहरु, विज्ञहरु, गैंडा संरक्षणका लागि आर्थिक तथा प्राविधिक सहयोग पुयाउने दातृ निकायका प्रतिनिधीहरु, स्थानीय सरोकारवालाको सहभागीता थियो ।

माघ २० देखि २२ गतेसम्म नेपालको चितवन राष्ट्रिय निकुञ्जमा भएको तेस्रो बैठकले ‘एशियन गैंडा संरक्षणको लागि चितवन घोषणापत्र–२०२३’ जारी गरेको छ । नेपालको आयोजनामा भएको बैठकलाई एशियन गैंडा विज्ञ समुह, विश्व संरक्षण संघको स्पेसिस सरभाइभल कमिशनले सहजीकरण गरेको थियो ।

यस सम्बन्धी पहिलो बैठक सन् २०१३ मा इण्डोनेशिया र दोस्रो बैठक सन् २०१९ मा भारतमा सम्पन्न भएको थियो । यस बैठकमा भुटान, भारत, इण्डोनेशिया, मलेशिया र नेपालले आ–आफ्नो देशको अनुभव, सफल कार्य, प्रविधि, साझा सवाल तथा भावी योजना जस्ता विषयहरुको प्रस्तुतिसहित छलफल गरी अनुभव साटासाट गरिएको थियो ।

यसै गरी गैंडा संरक्षणको लागि सहकार्य गरी गर्नुपर्ने कार्यहरु, भावी प्राथमिकताका क्षेत्रहरु, गैंडाको चोरी शिकार तथा तिनका अङ्गको अवैध व्यापार नियन्त्रण, खण्डीकरण र क्षयीकरणबाट वासस्थानको सुरक्षा तथा गर्नुपर्ने सुधार, गैडाको व्यवस्थापन, गैंडा–मानव द्वन्द व्यवस्थापन, वन्यजन्तुको स्वास्थ्य, सीमापार समन्वय र सहकार्य तथा जलवायुजन्य असरलाई न्यूनीकरण गर्ने विषयहरुमा विस्तृत छलफल गरिएको थियो ।

बैठकका एजेण्डाहरुलाई ६ खण्डमा विभाजन गरी गैंडा संरक्षणको अवस्था सम्बन्धी राष्ट्रिय प्रतिवेदन, गैंडा संरक्षणको लागि प्रविधिको प्रयोग तथा सहकार्य, संरक्षण तथा चोरी शिकार नियन्त्रण, जलवायु परिवर्तन तथा गैडा संरक्षण, गैंडा संरक्षणमा अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोग, गैंडाको वाससस्थानको स्थलगत अवलोकन सम्बन्धी विषयहरु समावेश भएको थियो ।

सन् २०१९ मा भारतमा सम्पन्न भएको दोस्रो बैठकले जारी गरेको ‘एशियन गैंडाको लागि नयाँ दिल्ली घोषणापत्र २०१९’ को पुनरावलोकन गर्दै “एशियन गैंडा संरक्षणको लागि चितवन घोषणापत्र–२०२३ जारी गर्दै बैठक सम्पन्न भएको हो । उक्त घोषणा पत्रमा गैंडा पाइने एशियाली राष्ट्रहरुको ६ वटा मुख्य विषयगत क्षेत्रहरु गैंडा संरक्षण, गैंडाको संख्या व्यवस्थापन, वासस्थान व्यवस्थापन, अनुसन्धान, अनुगमन तथा सूचना आदानप्रदान, समन्वय र सहकार्यमा सहमति जनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले बताए ।

आन्य समाचारहरु:-
May 16, 2024
चितवनमा भोली राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, सम्पूर्ण तयारी पूरा

रत्ननगर, शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनमा गर्ने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ को तयारी पूरा भएको छ । नारायणगढको लायन्सचोकमा रहेको संस्थाले बिहीवार रत्ननगरमा पत्रकार सम्मेलन गर्दै शुक्रवार (भोलि) हुने ‘ग्रान्ड […]

May 13, 2024
स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । मन्त्रालयले स्काउटका सदस्य कुनै राजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक […]

May 12, 2024
पत्रकार गुरुङको गाडी तोडफोड गरी नगद चोरी

रत्ननगर । चितवनका क्रियाशिल पत्रकार राजनदिल गुरुङको गाडी तोडफोड गरी सञ्चार सामाग्री सहित नगद चोरी भएको छ । राप्ती नगरपालिका वडा नं ७ वीरेन्द्रनगर चोक नजिक पाकिङ गरेर राखेको गाडी […]

May 11, 2024
कालिका नगरपालिकाले ६५ जना महिलालाई हलुका सवारी चालक ( ड्राइभिङ ) तालिम दिएकाे छ ।

१५ दिन सम्म आयाेजना गरिएकाे तालिम शनिबार ( आज ) एक कार्यक्रमका बीच सकिएको छ ।  तालिममा सहभागी कालिका वडा नं ३ कि बन्दना न्युरेले तालिम लिन पाएकाेमा खुशी व्यक्त […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram