Listen Live: 

चितवनको रत्ननगरस्थित टिकौली चौरमा तीनदिने चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

Radio Chitwan
मङ्लबार, माघ १७, २०७९

चितवन । रत्ननगर नगरपालिकाको आयोजनामा चितवनको रत्ननगरस्थित टिकौली चौरमा तीनदिने चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको समापन गर्दै मेयर प्रल्हाद सापकोटाले विद्यार्थीहरुका लागि खेलकुद राष्ट्रको एउटा गहना भएकाले यसको माध्यमबाट आफ्नो प्रतिभा प्रदर्शनी, अनुशासनका साथै राष्ट्रको गरिमा बढाउन सहयोग पुग्ने बताए ।

रत्ननगर नगरपालिकाले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि उच्च शिक्षासम्म प्राथमिकताका साथ छात्रवृत्तिको व्यवस्था गरेको बताउँदै विद्यार्थीहरुले खेलकुदमा जसरी शैक्षिक प्रगति गर्नेगरी अघि बढ्न मेयर सापकोटाले आग्रह गरे । उनले विजयी विद्यार्थीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्दै सक्षम खेलाडी उत्पादनका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगर क्षेत्रभित्रका संस्थागत र सामुदायिक गरी ३१ वटा विद्यालयका ५२५ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा भलिबल, तेक्वान्दो, कबड्डी, दौड, जेभलिन थ्रो, रिले, लङजम्प, त्रिपलजम्पलगायतका खेलहरु खेलाइएका थिए ।

विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यालयका प्रतियोगीलाई मेयर सापकोटा, उपमेयर यादवप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, वडाध्यक्षलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
नगर खेलकुद विकास समितिका संयोजक कृष्ण महतोको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगरका विभिन्न शाखाका प्रमुख एवं कर्मचारीहरुको सहभागिता रहेको थियो ।

आन्य समाचारहरु:-
May 16, 2024
चितवनमा भोली राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, सम्पूर्ण तयारी पूरा

रत्ननगर, शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनमा गर्ने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ को तयारी पूरा भएको छ । नारायणगढको लायन्सचोकमा रहेको संस्थाले बिहीवार रत्ननगरमा पत्रकार सम्मेलन गर्दै शुक्रवार (भोलि) हुने ‘ग्रान्ड […]

May 12, 2024
पत्रकार गुरुङको गाडी तोडफोड गरी नगद चोरी

रत्ननगर । चितवनका क्रियाशिल पत्रकार राजनदिल गुरुङको गाडी तोडफोड गरी सञ्चार सामाग्री सहित नगद चोरी भएको छ । राप्ती नगरपालिका वडा नं ७ वीरेन्द्रनगर चोक नजिक पाकिङ गरेर राखेको गाडी […]

May 11, 2024
कालिका नगरपालिकाले ६५ जना महिलालाई हलुका सवारी चालक ( ड्राइभिङ ) तालिम दिएकाे छ ।

१५ दिन सम्म आयाेजना गरिएकाे तालिम शनिबार ( आज ) एक कार्यक्रमका बीच सकिएको छ ।  तालिममा सहभागी कालिका वडा नं ३ कि बन्दना न्युरेले तालिम लिन पाएकाेमा खुशी व्यक्त […]

May 10, 2024
कालिकामा नगर प्रहरीको सेवा सुरु : तालिम दिएपछि दीक्षान्त

चितवन । चितवनको कालिका नगरपालिका स्थापना भएको आठ बर्षपछि नगर प्रहरीको सेवा सुरु गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनले पालिका स्तरमा ऐन र कार्यविधि बनाइ नगर प्रहरी राख्न पाउने […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram