Listen Live: 

चितवनको रत्ननगर नगरपालिकामा भिडियो एक्सरे सहितको निःशुल्क स्वास्थ्य शिविर

Radio Chitwan
बुधबार, पुस १३, २०७९

चितवनको रत्ननगर नगरपालिकामा भिडियो एक्सरे सहितको निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । भरतपुरको मौलाकालिका अस्पताल र रत्ननगरको अंकुरम पालिक्लिनिक प्रालिको सहयोगमा आज ९मंगलबार० रत्ननगर नगरपालिका–१३ प्रगति बस्तीमा स्वास्थ्य शिविर गरिएको हो । शिविरमा करिव दुई सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

अस्पतालको पहुँचबाट बाहिर रहेका विपन्न नागरिकलाई लक्षित गरेर भिडियो एक्सरेसहितको स्वास्थ्य शिविर गरिएको मौलाकालिका अस्पतालमा कार्यरत बरिष्ठ रेडियोलोजिष्ट डा।रमेश घिमिरेले जानकारी दिनुभयो । सेवालाई पहिलो प्राथमिकता दिने डा। घिमिरेले फिल्डमै पुगेर नागरिकको भिडियो एक्सरे गरिएको बताउनुभयो । सो अवसरमा करिब ७० जनाको निःशुल्क भिडियो एक्सरे गरिएको थियो ।
भिडियो एक्सरे गरिएका धेरैजसो विरामीहरुमा कलेजोमा बोसो जमेको, पित्त थैलीमा पथ्थरी, मिर्गौलामा पथ्थरी, पाठेघरमा मासु पलाएको, पाठेघरमा संक्रमण जस्ता समस्या देखिएको डा।घिमिरेले बताउनुभयो । सो अवसरमा अंकुरम पालिक्लिनिकबाट निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।

यस्तै मौलाकालिका अस्पतालका फिजिसियन डा।विमल पौडेल,डा।प्रशान्त आचार्य र डा।निरज पौडेलले विरामीको स्वास्थ्य जाचँ गर्नुभएको थियो । शिविरमा अंकुरम पालिक्लिनिक प्रालिका स्वास्थकर्मीले सहयोग गर्नुभएको थियो । शिविरमा स्वास्थ्य जाचँ गरेका विरामीहरुलाई मौलाकालिका अस्पतालले २० प्रतिशत छुटमा उपचार गर्ने जनाएको छ । अस्पतालले नियमित रुपमा विभिन्न क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गर्दै आइरहेको छ । शक्तिशाली आमा समूह रत्ननगरको संयुक्त आयोजनामा स्वास्थ्य शिविर गरिएको हो । सो अवसरमा रत्ननगर नगरपालिकाका उपप्रमुख यादब पाठक प्रमुख अतिथि रहनुभएको थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram