Listen Live: 

मोडहरूमा...

Radio Chitwan
सोमवार, फाल्गुन २३, २०७८

थाहै नपाई सुरु भएको
थाहै नपाई अन्त्य हुने
दुई पाइला बीचको 
समय
कति बोझिलो हुन्छ?
घुम्ती, मोड र सिधा बाटोमा।

सिधा हुँदो हो त 
अघि बढ्ने थिएन
पछाडि फर्केर हेर्दाहेर्दै 
भोगेका नमिठा कहानीहरू
भाग्यको पर्खालमा उभिएर
पाइला टक्क अडिएर
अगाडिका अप्ठ्यारो बाटोहरू 
नाप्दा नाप्दै
यथास्थानमै बसिदिन्थ्यो होला
जिन्दगी।

घुम्ती आउनु नै 
पाइला चल्ने उत्साह रहेछ
जसले बिर्साउँछ
बितेका बाटोहरू
जसले देखाउँदैन
भविष्यका कैँयन उराठिला 
काला पत्थरसम्मको बाँकी यात्रा।

मोडले सिकाएको यात्रामा
दोबाटोले दिएको रोजाइ बोकेर
भिडमा ठक्कर मार्दै
हिँडिरहेछ जिन्दगीको सफरका
सहयात्रीहरू
धमनी र शिराहरू
एउटै बाटोमा बगिदिँदा
मस्तिष्कका सल्कस र गाईरसहरूमा
सोही सिएफएस फ्ल्युड हिँडिदिँदा
न हृदय न मस्तिष्कबाट 
हट्नसक्यो
तस्बिर उसको।

आन्य समाचारहरु:-
May 1, 2023
अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी

चितवन, वैशाख १८( अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन्। चितवन आएका प्रधानमन्त्री दाहालले पत्रकारसँग कुरा गर्दै आफूले त्यसलाई कार्यान्वयन मात्रै गरेको […]

April 2, 2023
मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ

रौतहट, चैत १९( रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरको सट्टामा विद्यालय शिक्षा परीक्षा एसईई दिंदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको […]

March 3, 2023
व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको ऐक्यवद्धता

काठमाडौं फागुन १९( व्यवसायी दुर्गा प्रसाईंले राजसंस्थाको समर्थनमा सुरू गरेको महाअभियानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यवद्धता जनाएका छन् । उनले आफ्नो पार्टीका नेता(कार्यकर्तालाई उक्त महाअभियानमा सहयोग गर्न निर्देशनसमेत दिएका […]

February 19, 2023
किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै

काठमाडौं, फागुन ६– किसानको हितका लागि मन्त्रालय अल्पकालीन र दीर्घकालीन योजना बनाउँदै छ ।उत्पादनको उचित मूल्य नपाएको भन्दै चितवनमा आन्दोलित किसानको माग सम्बोधन गर्न मन्त्रालयमा छलफल सुरु भएको हो । […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram