चितवन, असोज १- चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा […]
उदय मानन्धरको सांगीतिक कोशेली "सत्कर्म" सार्वजनिक

४ कार्तिक शुक्रबार ।
लामो समय संगीत साधनामा आफुलाई समर्पित गरेका उदय मानन्धरको सांगीतिक कोशेली "सत्कर्म" सार्वजनिक गरिएको छ । रत्ननगर १४ स्थित कलाकार टिकाराम लामिछाने निवासमा आयोजित १ औपचारिक कार्यक्रम मार्फत गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका गामबेसिको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले गीतले सामाजिक यथार्थलाई चित्रण गरेको कारण यो गीत सफल हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा पूर्वी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा, बिप्स मिडिया अध्यक्ष विपिन शर्मा आचार्य लगाएतले मन्तव्य राखेका थिए ।
उदय मानन्धरको संगीत तथा आवाजमा सजिएको गीतलाई लक्ष्मी मानन्धरले लेख्नुभएको हो । गीतले मानिसले आफु र आफ्नो अस्तित्व चिन्नुपर्ने भाव उठाएको छ । दुईदिने चोलामा सत्कर्म मार्फत आफ्नो कार्य अघी बढाउन मानिसहरुलाई प्रेरित समेत गीतले गरेको छ ।
गीतको भिडियोमा रामु आचार्य, उषा भट्ट, टिकाराम लामिछाने, गोपाल नेपाल, मदन अच्छामी, कृष्ण बस्नेत, मनसुन रिमाल, मानबहादुर थापा लगाएतको अभिनय रहेको छ । चितवनको रमणिय पर्यटकिय गन्तव्य गर्दाशका मनोरम दृश्य गीतमा देख्न सकिन्छ । गीतलाई इमान बस्नेत र मदन अच्छामीले खिचेका हुन् । रामु आचार्यको सम्पादन तथा निर्देशनमा तयार भएको भिडियोले यथार्थलाई चित्रण गर्न सफल रहेको गायक मानन्धर बताउछन । गीतलाई भिन्तुना कला केन्द्रको आधिकारीक यु-ट्युव च्यानलमा सार्वजनिक गरिएको छ
नारायणगढ । नेपाल मगर संघ चितवनले कार्यसम्पादनमा उत्कृष्ट भएका प्रारम्भिक समिति तथा भातृ संगठनलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा भएको ४२औं साधारण सभामा प्रारम्भिक समिति तथा भातृ संगठनहरूलाई भरतपुर […]
काठमाडौं, भदौ २६- संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। नेम्बाङलाई सोमबार राति […]
काठमाडौं, भदौ १९– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको तयारी थालेको छ । संविधान […]