Listen Live: 

साना निर्माण व्यवसायी संघ चितवनले मनायो श्रमिक दिवस

Radio Chitwan
बुधबार, बैशाख १९, २०८१

रत्ननगर, वैशाख १९ । साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनले “विश्वका मजदुर एक हौं” “मजदुरको पसिनाको मुल्यको सम्मान गरौं” भन्ने नाराका साथ १३५औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ । व्यवसायी संघले रत्ननगर नगरपालिकामा एक कार्यक्रमको अयोजना गर्दै बुधवार दिवस मनाएको हो । 

उक्त कार्यक्रममा बोल्दै रत्ननगरका नगर उपप्रमुख यादव प्रसाद पाठकले सर्वप्रथम आफुले गरिरहेको पेशा प्रति आफुले सम्मान गर्नुपर्ने बताएकाछन् । आफुले गरिरहेको कामको बारेमा खुलेर भन्न र गर्वका साथ गर्न सबै भन्दा पहिला आफुमा आत्मसम्मान हुन जरुरी रहेको उपप्रमुख पाठकको भनाईछ ।

उनले भने, “निर्माण कम्पनीमा काम गर्ने लेबरलाई हप्काएर काम लगाउने गरेको पाईन्छ, उनीहरुलाई पनि सम्मान गर्नुपर्छ, काम सानो, ठूलो हुदैन, सबैको पेशा प्रति सम्मान गर्नुपर्छ ।”

कार्यक्रममा जीवन थापा लामा, श्याम कृष्ण श्रेष्ठ, मान वहादुर शाही ठकुरी सहित तीन जना साना निर्माण व्यवसायी मजदुरहरुलाई नगद सहित सम्मान गरिएको थियो । 

साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, निर्माण व्यवसायी संघ चितवनका वरिष्ठ सल्लाहकार प्रलाद ठाकुर, साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवन उपाध्यक्ष मदन पासवान, पूर्वी चितवन भवन निर्माण व्यवसायी 

संघका अध्यक्ष याम बहादुर श्रेष्ठ, सदस्य ओम प्रकाश रेग्मी, चितवन स्वरोजगारका अध्यक्ष कृष्ण वहादुर श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए । 

महासचिव पूर्ण वहादुर राईले सञ्चालन गरेको कार्यक्रममा साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनका निवर्तमान अध्यक्ष उत्तम घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
May 16, 2024
चितवनमा भोली राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, सम्पूर्ण तयारी पूरा

रत्ननगर, शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनमा गर्ने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ को तयारी पूरा भएको छ । नारायणगढको लायन्सचोकमा रहेको संस्थाले बिहीवार रत्ननगरमा पत्रकार सम्मेलन गर्दै शुक्रवार (भोलि) हुने ‘ग्रान्ड […]

May 13, 2024
स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । मन्त्रालयले स्काउटका सदस्य कुनै राजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक […]

May 12, 2024
पत्रकार गुरुङको गाडी तोडफोड गरी नगद चोरी

रत्ननगर । चितवनका क्रियाशिल पत्रकार राजनदिल गुरुङको गाडी तोडफोड गरी सञ्चार सामाग्री सहित नगद चोरी भएको छ । राप्ती नगरपालिका वडा नं ७ वीरेन्द्रनगर चोक नजिक पाकिङ गरेर राखेको गाडी […]

May 11, 2024
कालिका नगरपालिकाले ६५ जना महिलालाई हलुका सवारी चालक ( ड्राइभिङ ) तालिम दिएकाे छ ।

१५ दिन सम्म आयाेजना गरिएकाे तालिम शनिबार ( आज ) एक कार्यक्रमका बीच सकिएको छ ।  तालिममा सहभागी कालिका वडा नं ३ कि बन्दना न्युरेले तालिम लिन पाएकाेमा खुशी व्यक्त […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram