Listen Live: 

साना निर्माण व्यवसायी संघ चितवनले मनायो श्रमिक दिवस

Radio Chitwan
बुधबार, बैशाख १९, २०८१

रत्ननगर, वैशाख १९ । साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनले “विश्वका मजदुर एक हौं” “मजदुरको पसिनाको मुल्यको सम्मान गरौं” भन्ने नाराका साथ १३५औं अन्तराष्ट्रिय श्रमिक दिवस मनाएको छ । व्यवसायी संघले रत्ननगर नगरपालिकामा एक कार्यक्रमको अयोजना गर्दै बुधवार दिवस मनाएको हो । 

उक्त कार्यक्रममा बोल्दै रत्ननगरका नगर उपप्रमुख यादव प्रसाद पाठकले सर्वप्रथम आफुले गरिरहेको पेशा प्रति आफुले सम्मान गर्नुपर्ने बताएकाछन् । आफुले गरिरहेको कामको बारेमा खुलेर भन्न र गर्वका साथ गर्न सबै भन्दा पहिला आफुमा आत्मसम्मान हुन जरुरी रहेको उपप्रमुख पाठकको भनाईछ ।

उनले भने, “निर्माण कम्पनीमा काम गर्ने लेबरलाई हप्काएर काम लगाउने गरेको पाईन्छ, उनीहरुलाई पनि सम्मान गर्नुपर्छ, काम सानो, ठूलो हुदैन, सबैको पेशा प्रति सम्मान गर्नुपर्छ ।”

कार्यक्रममा जीवन थापा लामा, श्याम कृष्ण श्रेष्ठ, मान वहादुर शाही ठकुरी सहित तीन जना साना निर्माण व्यवसायी मजदुरहरुलाई नगद सहित सम्मान गरिएको थियो । 

साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटा, निर्माण व्यवसायी संघ चितवनका वरिष्ठ सल्लाहकार प्रलाद ठाकुर, साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवन उपाध्यक्ष मदन पासवान, पूर्वी चितवन भवन निर्माण व्यवसायी 

संघका अध्यक्ष याम बहादुर श्रेष्ठ, सदस्य ओम प्रकाश रेग्मी, चितवन स्वरोजगारका अध्यक्ष कृष्ण वहादुर श्रेष्ठ लगाएतले मन्तव्य राखेका थिए । 

महासचिव पूर्ण वहादुर राईले सञ्चालन गरेको कार्यक्रममा साना निर्माण व्यवसायी संघ जिल्ला समन्वय समिति चितवनका निवर्तमान अध्यक्ष उत्तम घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram