Listen Live: 

आँखा उपचार केन्द्र संचालनका लागि कालिका नगरपालिका र भरतपुर आँखा अस्पतालबीच सम्झौता

Radio Chitwan
मङ्लबार, बैशाख १८, २०८१

कालिका, १८ बैशाख । कालिका नगरपालिकामा आँखा उपचार केन्द्र संचालनमा आउने भएको छ । नगरपालिका र भरतपुर आँखा अस्पतालबीच आँखा उपचार केन्द्र संचालनगर्ने विषयमा आज(मंगलवार) सम्झौता भएको छ । 

नेपाल नेत्रज्योती संघ, चितवनद्धारा संचालित भरतपुर आँखा अस्पतालले सेवा केन्द्रको रुपमा उपचार केन्द्र संचालनगर्ने योजना सहित नगरपालिका र नेपाल नेत्रज्योतीसंघ चितवन सम्झौता भएको हो । 

आँखामा लाग्ने चोटपटक देखि सम्पूर्ण रोगको उपचार स्थानीय स्तरमै हुनेगरी आँखा उपचार केन्द्र संचालनमा आउने नेपाल नेत्रज्योती संघ, चितवनका सभापति जयराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ठूला शल्यक्रिया बाहेक भरतपुर आँखा अस्पतालमा पाइने सबैखालका सेवा सुविधाहरु यो सेवा केन्द्रवाट उपचार हुनेछ । 

नेपाल नेत्रज्योती संघ केन्द्रको मातहतमा देशभर ४३ वटा शाखा छन् । चितवन पनि एउटा शाखा हो । भरतपुर आँखा अस्पतालको मातहतमा ३ वटा अस्पतालहरु संचालनमा छन् । पर्सा जिल्लाको ठोरी, बारा जिल्लाको सिम्रौनगढ र नवलपुरको कावासोतीमा शाखा संचालन आइसकेका छन् । यस्तै नेपालमा १ सय ६० वटा आँखा उपचार केन्द्रहरु स्थापना भएका छन् । भरतपुर आँखा अस्पताल अन्तर्गत कालिका नगरपालिकामा संचालनमा आउन लागेको उपचार केन्द्र २२ औं उपचार केन्द्र हुने नेपाल नेत्रज्योती संघ चितवनका सभापति श्रेष्ठले जानकारी दिनुभयो । 

जेठ ३० गते एक कार्यक्रमकाबीच आँखा उपचार केन्द्रको उद्घाटन हुनेगरी सम्झौता भएको छ । उद्घाटन भएकै दिनवाट कालिकामा आँखाको उपचारसेवा सुरु हुनेछ । 

लामो समयको प्रयासपछि आँखा उपचार केन्द्र संचालनगर्ने तयारीमा पुगेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । सहज तरिकाले नगरबासीहरु उपचार सेवा पाउन सकुन भन्ने उद्देश्यले कालिका नगरपालिकामै दक्ष प्राविधिकहरुवाट उपचार सेवा संचालनहुने नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो । 

आँखा उपचार केन्द्र संचालनका लागि २ वटा कोठा निशुल्क उपलव्ध गराउने जिम्मा कालिका नगरपालिकाले लिनेगरी सम्झौता भएको उहाँले जानकारी दिनुभयो । आँखा उपचार केन्द्र संचालनार्थ आर्थिक वर्ष २०८० ÷०८१ देखि निरन्तर पाँचवर्ष सम्म बार्षिक ६ लाख रुपैयाँ नगरपालिकाले भरतपुर आँखा अस्पताललाई रकम उपलव्ध गराउने, उपचार केन्द्र संचालनका लागि अन्य आवश्यक सहयोग उपलव्ध गराउने सम्झौता पत्रमा उल्लेख छ । भरतपुर आँखा अस्पतालले आँखा उपचार केन्द्रका लागि आवश्यकपर्ने औजार, उपकरण, औषधी, चश्मा, लेन्स, तथा कार्यालय संचालनका स्टेशनरी, समान उपलव्ध गराउने लगायतका विषयमा सम्झौता भएको हो । 

सम्झौता पत्रमा नेपाल नेत्रज्योती संघ चितवनका सभापति जयराम श्रेष्ठ, नेपाल नेत्र ज्योती संघ, चितवन÷हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पतालको तर्फवाट वरिष्ठ अस्पताल प्रशासक दया शंकर चौधरी,, बाह्य कार्यक्रम संयोजक रमेश घिमिरले अस्ताक्षर गरेका छन भने कालिका नगरपालिकाको तर्फवाट नगर प्रमुख विनोद रेग्मी, प्रमुख प्रशासकीय अधिकृत चूडामणि शर्मा गौतम, स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले हस्ताक्षर गरेका छन् ।

आन्य समाचारहरु:-
May 16, 2024
चितवनमा भोली राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, सम्पूर्ण तयारी पूरा

रत्ननगर, शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनमा गर्ने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ को तयारी पूरा भएको छ । नारायणगढको लायन्सचोकमा रहेको संस्थाले बिहीवार रत्ननगरमा पत्रकार सम्मेलन गर्दै शुक्रवार (भोलि) हुने ‘ग्रान्ड […]

May 13, 2024
स्काउट पदाधिकारीलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटको सदस्यलाई राजनैतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । मन्त्रालयले स्काउटका सदस्य कुनै राजनीतिक दलको सदस्य रहेको भए तत्काल सदस्यता त्याग गरी राजनैतिक […]

May 12, 2024
पत्रकार गुरुङको गाडी तोडफोड गरी नगद चोरी

रत्ननगर । चितवनका क्रियाशिल पत्रकार राजनदिल गुरुङको गाडी तोडफोड गरी सञ्चार सामाग्री सहित नगद चोरी भएको छ । राप्ती नगरपालिका वडा नं ७ वीरेन्द्रनगर चोक नजिक पाकिङ गरेर राखेको गाडी […]

May 11, 2024
कालिका नगरपालिकाले ६५ जना महिलालाई हलुका सवारी चालक ( ड्राइभिङ ) तालिम दिएकाे छ ।

१५ दिन सम्म आयाेजना गरिएकाे तालिम शनिबार ( आज ) एक कार्यक्रमका बीच सकिएको छ ।  तालिममा सहभागी कालिका वडा नं ३ कि बन्दना न्युरेले तालिम लिन पाएकाेमा खुशी व्यक्त […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram