Listen Live: 

राप्तीमा जनप्रतिनिधिको विवाद उत्कर्षमा : उपमेयर र वडाध्यक्षबीच हात हालाहाल, उप्रेतीलाई प्रवक्ताबाट हटाइयो

Radio Chitwan
बुधबार, असार २०, २०८०

राप्ती । जनप्रतिनिधिबीच विवादकै कारण नगरसभा हुन नसकेको राप्ती नगरपालिकामा विवाद चरम उत्कर्षमा पुगेको छ । विवाद हात हालाहालकै स्थितिमा पुगेको छ ।

मंगलबार कार्यपालिका बैठक आह्वान गरिएको थियो । बैठकमा एजेन्डा प्रवेश गर्न नपाउँदै एमालेनिकटका कार्यपालिका सदस्यहरुले अघिल्लो बैठकमा भएका संवादहरुलाई अतिरञ्जित तरिकाले सामाजिक सञ्जालमा पोस्ट भएको घटनाको प्रसङ्ग उठाएपछि स्थिति बुझेर नगरप्रमुख शमशेर लामा बैठक स्थलबाट बाहिरिएका थिए । अघिल्लो कार्यपालिका बैठकले गरेका निर्णय कार्यान्वयन हुनुपर्ने, सामाजिक सञ्जालमा आएका विषय प्रस्ट हुनुपर्नेलगायतका विषयमा छलफल भएपछि मात्रै एजेन्डामा प्रवेश गर्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिको अपेक्षा थियो ।

तर, त्यसो हुन नपाउँदै चर्काचर्की भएपछि नगरप्रमुख बैठकबाट बाहिरिएका थिए । बैठकमा रहेका उपप्रमुखसँग सामान्य छलफल हुँदै थियो । उपमेयरले गाडी भाडा लिएको विषय बोर्ड बैठकले पारित नगरेको विषयलाई पछि निर्णयमा समावेश गरिएको, प्रमुख र उपप्रमुखकै मिलेमतोमा गाव्रेल उत्खनन भएकोबारे प्रस्ट कुरा लुकाउन खोजेको विषयमा जानकारी माग्दा हाम्रो विरोध गर्ने भनेर बैठकबाट निस्किएको राप्ती–२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले बताए ।

त्यसपछि बैठकमा रहेका उपप्रमुखसँग छलफल हुँदैगर्दा चर्काचर्की हुन थालेपछि उपप्रमुखले सिङ्गल सिङ्गल चुनौती दिएपछि धकेलाधकेलको स्थिति उत्पन्न भएको वडा अध्यक्ष उप्रेतीले बताए । ‘हामी बैठक गर्ने पक्षमै थियौँ, प्रमुख एजेन्डामै प्रवेश नगर्दै उठेर हिँड्नुभयो’, वडा अध्यक्ष उप्रेतीले भने, ‘उपप्रमुखसँग छलफल हुँदैगर्दा उल्टै चुनौती दिएपछि विवाद हात हालाहालको अवस्थामा पुग्यो ।’

अघिल्लो कार्यपालिका बैठकको एजेन्डा कार्यान्वयन नगरेको र वडामा उठाउने बजेटमा सहमति नहुँदा पटकपटक बैठक स्थगित हुँदै आएको छ ।

कार्यपालिका बैठकले महिला समन्वय समिति अध्यक्षमा गोमा धरेललाई नियुक्त गरेकोमा नगरप्रमुखले वडा नम्बर–७ की अध्यक्ष सुमिता डल्लाकोटीलाई तोकेको विषय पनि विवादको एक जड हो ।

राप्तीमा २३ जनाको कार्यपालिकामध्ये १६ जना एमालेबाट निर्वाचित छन् भने उपप्रमुखसहित चार जना नेपाली कांग्रेसबाट र प्रमुखसहित तीन जना एकीकृत समाजवादीका छन् । स्वतन्त्ररुपमा निर्वाचन लडेकी राप्ती–७ की वडा अध्यक्ष केही समयअघि मात्रै समाजवादी प्रवेश गरेकी हुन् ।

यसैबीच, राप्ती नगरपालिकाको प्रवक्ताबाट श्यामसुन्दर उप्रेतीलाई पदमुक्त गरिएको छ । नगरप्रमुख शमशेर लामाले प्रेस विज्ञप्ति जारी गर्दै वडा नम्बर–२ का वडा अध्यक्षसमेत रहेका उप्रेतीले नगरपालिकाविरूद्ध भ्रम सृजना गर्ने र नगरको निर्णयविपरीत हुने किसिमको सूचना तथा अभिव्यक्ति दिएको हुनाले उनलाई नगर प्रवक्ताको जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ ।

नगर उपप्रमुखमाथि भएको अभद्र व्यवहारप्रति राप्ती नगरपालिकाले स्पष्टीकरण सोध्ने भएको छ । मंगलबार नै नगरप्रमुख शमशेर लामाले अर्को विज्ञप्ति जारी गर्दै सो घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्नसँग स्पष्टीकरण सोध्ने जनाएका हुन् ।

लगातार बैठक अवरूद्ध भएकाले नगरसभाका बारे आवश्यक छलफल र सहमति गर्न कार्यपालिका सदस्यहरुलाई प्रमुख लामाले आग्रह गरेका छन् । मंगलबारको बैठक किन हुन सकेन भन्ने विषयमा सोध्दा प्रमुख लामाले वडाध्यक्षले अपशब्द प्रयोग गरेको र नियोजितरुपमा उनीहरु प्रस्तुत हुने थाहा पाएपछि आफू बैठकबाट बाहिरिएको बताए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram