Listen Live: 

लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

Radio Chitwan
बुधबार, माघ ३०, २०८१

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका छन् ।

बुधवार प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्रमा नगर प्रमुख रेग्मीले लगानी बोर्डका सिईओ ज्ञवाली सहित चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी, गोपाल प्रसाद गैरे, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, सदस्य गोविन्द प्रसाद खनाल लगाएतको टोलीसंग भेट गरेकाहुन् ।पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा २०७३ फागुन ३ गतेको मन्त्रिपरिषद्ले औद्योगिक क्षेत्रको निर्णय गरेको थियो । कालिका नगरपालिकाको झन्डै १ हजार ८ सय बिद्यामा औधोगिक क्षेत्र निर्माण हुनेभएपछि लगानी बोर्डका सिईओ ज्ञवाली औधोगिक क्षेत्रमै पुगी अनुगमन गरेकाछन् । साथै, सोही अवसरमा चितवनको ऐतिहासिक एंव धार्मिक नयाँ निर्माण भएको कालिका भगवती मन्दिरको पूजाआजा गरी मन्दिरको अनुगमन समेत गरिएको थियो ।

आन्य समाचारहरु:-
February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram