Listen Live: 

सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अबलोकन 

Radio Chitwan
सोमवार, माघ ७, २०८१

खैरहनी । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले महोत्सवको आयोजना गरेको हो । पुुस २९ गतेबाट सुरु भएको सो महोत्सवको एक लाख ५ हजारले अबलोकन गरेको महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । १५० वटा स्टल रहेको सो महोत्सव परिसरमा थारु समुदायको मिनी थारु गाउँ, परम्परागत खाना घोंगी र चिचर प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए । महोत्सव परिसरमा निर्माण गरिएको मिनी थारुगाँउ घोंगी र चिचर प्रतिमा आर्कषणको केन्द्र बनेका थिए । महोत्सव अबलोकन गर्न आएकाहरुले थारु मिनीगाँउ, घोंगी र चिचर प्रतिमा र सांस्कृतिक कार्यक्रमबाट आनन्द दिएको थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का पूर्व अध्यक्ष नारायण प्रसाद चौधरीले बताए । बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद जगन्नाथ थपलिया प्रमुख अतिथ्यतामा समापन कार्यक्रम गरिएको हो । सो अबसरमा नेता थपलियाले थारु समुदायको संस्कृति राज्यको सम्पतीको रुपमा स्थापित भएको भन्दै यसको संरक्षणमा तीनै तहको सरकारले सहयोग गर्नुपर्ने बताए । थारु संस्कृति आयआर्जन र रोजगारीको आधार बनेको भन्दै उनले यसलाई जोगाउन प्रदेश सरकारले सहयोग गर्ने बताए । चितवनको पर्यटन विकासमा थारु संस्कृतिले खेलेको भूमिकालाई नजर अन्दाज गर्न नहुने तर्क गरे । कार्यक्रमा जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारी, खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, प्रमुख जिल्ला अधिकारी प्रकास पौडेल, खैरहनीकी उपमेयर कविता उप्रेती, थारु कल्याणकारिणी सभाका बुद्धिजीवि मणिराम चौधरी, नेपाली काँग्रेसका नगर सभापति गुणराज श्रेष्ठ, एमालेका नेता मुकुन्द दाहाल, वडाध्यक्ष शंकर कँडेल, थारु कल्याणकारिण सभाका पार्सद अर्जुन चौधरी, थारु कल्याणकारिणी सभा चितवनकी कोषाध्यक्ष सविता चौधरी लगायतले मन्तव्य राखेका थिए । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का सभापति तथा महोत्सवका संयोजक रामेश्वर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा संस्कार समितिका संयोजक कृष्णलाल चौधरीले स्वागत मन्तव्य राखेका थिए । “राष्ट्रिय एकता र विविधता हाम्रो शान। बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान “भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवको नेपाल पर्यटन बोर्ड र उद्योग वाणिज्य संघ खैरहनी प्रवद्र्धक र खैरहनी नगरपालिका, थारु कल्याणकारिणी सभा जिल्ला कार्यसमिति चितवन संरक्षक रहेका थिए । कार्यक्रम सञ्चारकर्मी रामेश्वर रिजालले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram