कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गरि तीनदिने वार्षिकोत्सव कार्यक्रम बारे जानकारी गराएको हो ।
वार्षिकोत्सवको पहिलोदिन कार्यक्रमको उद्घाटन, साँझमा पितृहरुको नाममा बत्ती बाल्ने कार्यक्रम गरेर रातभर जाग्राम बस्ने र १७ गते कालिका भगवतीको विशेष पुजाआजा गरि नवनिर्मित मन्दिरमा देवीको प्रतिमा स्थापना गरिने छ । लगत्तै कालिकाका मेयर विनोद रेग्मीले झन्डै १ करोड खर्च गरेर निर्माण गरिएको मन्दिरको उद्घाटन गर्नेछन् ।
सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने समितिले जनाएको छ। साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु अस्मिता डल्लाकोटी, कृष्ण कंडेल, छत्र शाही, शक्तिकुमार गोदार, युवराज चौलागाई संगै ईन्द्रेणी टिम र स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
यसपटकको वार्षिकोत्सव भव्य र उत्कृष्ट बनाउन कालिका नगरपालिकाको अगुवाईमा कालिका मन्दिर परिसरमा निर्माण र व्यवस्थापनको काम भईरहेको छ । वार्षिकोत्सवलाई नै लक्षित गरि कालिका मन्दिर परिसर दुलही जस्तै चिटिक्क बनाएर सिगारिएको छ । मन्दिर आसपासका रुख, चौतारा तथा ठुलाठुला ढुंगाहरुमा कलात्मक आकृतिहरु बनाईएको छ ।
मन्दिरको पूर्वतर्फ रहेको कर्णनदीमा स्नान गर्न सहज गराउने उद्देश्यले सिंडीको निर्माण गरिएको छ । साथै मन्दिर नजिकै कालिकाको कोशेलीघर समेत निर्माण गरिने छ । कोशेलीघरमा कालिकाका उद्ममीले उत्पादन गरेका सामाग्रीहरुको प्रदर्शन र विक्रिवितरण गरिने प्रचारप्रसार समिति सदस्य उमेश सापकोटाले जानकारी दिए ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]