कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीस्वरुप नगरभित्र विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । बालमैत्री स्थानीय शासन घोषणापूर्व ५१ वटा इन्टिकेटर रहेको र त्यसअनुरुप नगरभित्र तीव्रताका साथ सम्बन्धित इन्टिकेटर पूरा हुनेगरी काम गरिरहेको नगरप्रमुख विनोद रेग्मीले बताए ।
उनले जनप्रतिनिधिलाई जनताको सुखदुःखको सहयात्री हुँदै नगरलाई बालमैत्री नगर घोषणा निर्धारित समयअगावै सकिने गरी काम गर्न निर्देशन दिएका छन् ।
दुई दिनसम्म चलेको वडागत फाइल सूची तयारी कार्यशाला समापन कार्यक्रममा नगरउपप्रमुख बिमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईं, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सम्झना ढकाल, स्थानीय बालमैत्री शासन फोकल पर्सन सविना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
बालमैत्री स्थानीय शासनअन्तगत वडाहरुमा हालसम्म भएका कार्यप्रगतिका बारेमा वडाध्यक्षहरुले कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]