कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
पूर्वी चितवन वितरक संघकाे बार्षिक साधारण सभा

रत्ननगर । पूर्वी चितवन वितरक संघकाे तेस्राे बार्षिक साधारण सभा साेमबार गरिएकाे छ । नेपाल वितरक महासंघका अध्यक्ष हरिराज पन्त प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा संघका महासचिव सुर्यप्रकास रेग्मीले प्रगति प्रतिवदन तथा काेषाध्यक्ष गणेश लामिछाने आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साे अबसरमा केन्द्रीय अध्यक्ष पन्तले व्यवसायिक सुरक्षा राज्यले प्रत्याभूति दिलाउनु पर्ने भन्दै सुद्धतामा व्यवसायीहरुनै सचेत हुनुपर्ने बताए । आर्थिक मन्दीकाे चपेटामा परेका व्यवसायीलाई जाेगाउन सरकारले नीतिगत सुधार गर्नुपर्ने उनले बताए । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले व्यवसायीहरुले आर्थिक रुपान्तरणकाे लागि काम गर्नु पर्ने बताए । आर्थिक मन्दीकाे दीर्घकालिन असरका कारण चेकबाउन्सकाे समस्या देखिएकाे भन्दै उनले नयाँ ढंगले देखापरेकाे समस्यालाई निजी क्षेत्र र सरकार मिलेर सामधान खाेज्नु पर्ने बताए । संघका अध्यक्ष बद्रि आचार्यले व्यवसायिक सुरक्षा र व्यवसाय प्रवर्द्धन गरि लगानी सुरक्षाकाे लागि संघले अर्थपूर्ण रूपमा काम गरिरहेकाे बताए । कार्यक्रममा नेपाल वितरक महासंघका संस्थापक अध्यक्ष गाेविन्द कर्मचार्य, खैरहनी उद्योग बाणिज्य संघका अध्यक्ष कुमार खनाल, महासंघका उपाध्यक्ष दुर्गा गाैतम, पूर्व उपाध्यक्ष प्रेमकृष्ण खनाल, नेपाल बजार विक्री प्रतिनिधि संघका केन्द्रीय महासचिव रमेश नेपाल, अधिकृत विक्रेता संघ चितवनका अध्यक्ष रामजी घिमिरे लगायतले मन्तव्य राखेका थिए । संघका अध्यक्ष आचार्यकाे अध्यक्षामा भएकाे कार्यक्रममा संघका उपाध्यक्ष विक्रम खड्काले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम सचिव टंक मास्केले सञ्चालन गरेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]