Listen Live: 

२९औं वन्यजन्तु सप्ताह : जनकौली सामुदायिक वनमा चरा अबलोकन

Radio Chitwan
सोमवार, बैशाख ३, २०८१

रत्ननगर । पर्यटकीय नगरी सौराहा नजिक रहेको जनकौली मध्यवर्ती सामुदायिक वनमा सोमबार चरा अबलोकन गरिएको छ । चितवनमा जारी २९औं वन्यजन्तु सप्ताह अन्तर्गत चराको अबस्ता पत्ता लगाउन र सामुदायिक वनको पहिचानको लागि चरा अबलोकन गरिएको हो । जनकौली मध्यवर्ती सामुदायिक वनको आयोजना तथा चितवन राष्ट्रिय निकुञ्ज, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, वर्ड एजुकेशन सोसाइटी चितवन सौराहा र नेचर गाइड एशोसियसन सौराहाको सहकार्यमा चरा अबलोकन गरिएको छ । चरा संरक्षणकर्मी र नेचर गाइडहरुले सो सामुदायिक वनमा उपकरणको प्रयोग गरी चराको अबस्था हेर्नुका साथै संरक्षणकर्मीहरुलाई चरा संरक्षणमा भएका प्रयास र प्रजातीको बारेका जानकारी समेत गराएका थिए । सो सामुदायिक वन चराको बासस्थानको हिसाबले अब्बल मानिदै आएको छ । चितवनमा रहेका ६५५ प्रजाती मध्ये ५० प्रतिशत प्रजाती सो सामुदायिक वनमा रहेको वर्ड एजुकेशन सोसाइटीका पूर्व अध्यक्ष बासु विडारीले जानकारी दिए । चरा लगायत दुर्लभ वन्यजन्तुको राम्रो बासस्थान हुँदाहुँदै पनि सो सामुदायिक वनलाई सौराहाको पर्यटन संग जोड्न सकिएको छैन् । सौराहाको निकटका रहेका अन्य बाघमारा, चित्रसेन,कुमरोज सामुदायिक वनले पर्यापर्यटनबाटै बार्षिक दूई करोड रुपैया आम्दानी गर्दै आएका छन् । करिब २० बर्ष नेतृत्व कमजोर हुँदा जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएको हो । ओझेलमा रहेको जनकौली वनको प्रचारप्रसार र पर्यापर्यटनको विकासको लागि दवाव र्सिजना गर्न वन्यजन्तु सप्ताहको अबसरमा पारेर चरा अबलोकन कार्यक्रम राखिएको वर्ड एजुकेशन सोसाइटीको अध्यक्ष टिका गिरीले बताए । चरा अबलोकन सुरु हुनुपूर्व मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सो कार्यको उद्घाछन गरेका थिए । सो अबसरमा बोल्दै उनले सौराहाको काखैमा रहेको जनकौली वनमा पर्यापर्यटनको विकास गर्न नसकिएको बताए । चराको राम्रो बासस्थान रहेको जनकौलीमा पर्यटक आर्कषित गर्ने गतिविधि आवश्यक रहेको उनको भनाई छ । उनले पर्यटकलाई डुंगा सयर गराइरहेको जनकौलीमा निकट भविश्यमा जीप सफारी सञ्चालन गरी उपभोक्ताको जीविकोपार्जन आधार तयार गर्ने बताए । वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष गिरीले वन्यजन्तु सप्ताह प्रति सौराहाका व्यवासयी उदासीन रहेको बताए । वन्यजन्तु देखाएर व्यवसाय गरिरहेका व्यवसायीहरु नै सप्ताहमा उपस्थित भएनन उनले भने संरक्षणकर्मीले जोगाइदिएर व्यवसाय चल्ने भनेर सोच्ने मुर्खता मात्र हो । जनकौली वनका अध्यक्ष जोगेन्द्र महतोले सामुदायिक वनमा चराको राम्रो बासस्थान रहेको बताए । अन्य देशहरुबाट आउने चराहरुले जनकौलीमै बच्चा जन्माएर फर्किने गरेको उनको भनाई छ । कार्यक्रममा चितवन निकुञ्जका रेन्जर अक्षय चौधरी, बाघमारा वनका अध्यक्ष जीत बहादुर तामाङ, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिल गुरुङ लगायतले मन्तव्य राखेका थिए । वनकी सदस्य सावित्री अर्यालले स्वागत मन्तव्य राखेको सो कार्यक्रम सहसचिव फडिन्द्र चौधरीले सञ्चालन गरेका थिए । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत भोली बैशाख ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन,वन्यजन्तु र बाताबरण संरक्षणमुलक सचेतना रयाली गरिने छ । सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने जनाइएको छ । मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको हो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram