कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
टोल विकास संस्थामा पदाधिकारीलाई नेतृत्व विकास तालिम

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं २ अन्तर्गत रहेका टोल विकास संस्थाका पदाधिकारीहरुलाई नेतृत्व विकास तालिम दिइएको छ । रत्ननगर जेसीजको जेसीज सप्ताह २०८१ अन्तर्गत वडा नं २ वडा कार्यालयको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको छ । तालिमको वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेले उद्घाटन गरेका थिए । रत्ननगर जेसीजका पूर्व अध्यक्ष विश्वास श्रेष्ठले प्रशिक्षक रहेको सो कार्यक्रममा ५५ जनाको सहभागिता रहेको महासचिव सुरेशजंग पाण्डेले जानकारी दिए । कार्यक्रममा सप्ताहका संयोजक रामप्रसाद पाण्डेले सप्ताह व्यापी कार्यक्रमको बारेमा जानकारी गराउदै समुदाय केन्द्रीत कार्यक्रम गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष घिमिरेले जेसीजले गर्ने सामाजिक कामले आफु प्रभावित रहेको भन्दै जेसीज सप्ताह प्रर्वद्धन हुने गरी टोल विकास संस्थाका पदाधिकारीहरुको नेतृत्व विकासको लागि तालिम आयोजना गरेको बताए । जेसीजका अध्यक्ष नरहरि पुरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु रमा भट्टराई, नरेन्द्र श्रेष्ठ, रत्ननगर जेसीजका पूर्वअध्यक्ष हेमराज आचार्य लगायतको उपस्थिति रहेको थियो । महासचिव पाण्डेले सञ्चालन गरेको सो कार्यक्रममा तालिम संयोजक किरण लामिछानेले स्वागत मन्तव्य राखेका थिए । जेसीज सप्ताह अन्तर्गत वैशाख २१ गते मानसिक स्वास्थ्य शिविर, २२ गते रत्नविज समिट, २३ गते वृक्षरोपण, २४ गते लागूऔषध दुव्यर्सनसम्बन्धी सचेतना, २५ गते अन्तरमावि वक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने छ । जेसीज सप्ताह जिल्लाको आर्थिक विकासको खोजी गर्दै सामाजिक काम गरेर मनाउन थालिएको भन्दै अध्यक्ष पुरीले समाजले युवाहरुको भूमिका खोजिरहेको बेला युवाहरुलाई समाजमा जोड्ने गरी कार्यक्रम तय गरिएको बताए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]