Listen Live: 

रत्ननगरमा जेसीज सप्ताह : आर्थिक सम्भावनाको खोजी गर्न रत्नविज

Radio Chitwan
शनिबार, बैशाख १५, २०८१

रत्ननगर । चितवनको रत्ननगर बैशाख १९ गतेबाट सुरु हुने जेसीज सप्ताहमा जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गरिने भएको छ । रत्ननगर जेसीजले तय गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख २२ गते उद्यमीहरुलाई जिल्लाको आर्थिक विकासका लागि जोड्ने गरी रत्नविज समिट कार्यक्रम गर्दैछ । आयोजकले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको आर्थिक विकासको लागि रत्नविज समिटलाई अर्थपूर्ण बनाउने जनाएको छ । कार्यक्रममा चार जना उद्यमीहरुको सफलताको कथा सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.विश्वनाथ पौडेलले जिल्लाको आर्थिक विकासका सम्भावनाबारे तथ्यपरक प्रस्तुती गर्नेछन् । कार्यक्रममा थोरै लगानी गरेर व्यवसायमा सफलता हासिल गरेका चन्दन चटपटका सञ्चालक चन्दन गुप्ता, रिजाल फूडर्सका सञ्चालकपुरुषोत्तम रिजाल, आवर क्जेटका सञ्चालक तथा महिला उद्यमी डा.सन्ध्या कँडेल, मेरो किनमेलका सञ्चालक सन्तोष कँडेलको सफलताको कथा प्रस्तुत गरिने रत्नविज समिटका संयोजक तथा जेसीजका उपाध्यक्ष शौरभ रिजालले जानकारी दिए । सोही कार्यक्रममा पूर्व मिसनेपाल सुगारिक केसीले उद्यमशिलतामा नवितम सोच, प्रसिडेन्सी कलेजबाट विजनेश मोडल क्यानभास सम्बन्धी प्रस्तुती हुनेछ । रत्ननगर जेसीजको रजत जयन्तीको अबसर पारेर सुरु गरिएको रत्नविज समिट प्रत्येक बर्ष आयोजना गर्ने गरी पहिलो संस्करणको रुपमा २२ गते गर्न लागेको रिजालले जानकारी दिए । सप्ताह अन्तर्गत बैशाख १९ गते पूर्वी चितवनका पत्रकार र रत्ननगर जेसीज बीच मैत्रीपूर्ण फुटबल, २० गते नेतृत्व विकास तालिम, २१ गते मानसिक स्वास्थ्य शिविर, २२ गते रत्नविज समिट, २३ गते बृक्षारोपण, २४ गते लागु औषधि दुव्यसनी सम्बन्धी सचेतना, २५ गते अन्तर मावि बक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने सप्ताहका संयोजक रामप्रसाद पाण्डेले जानकारी दिए । रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले जेसीज सप्ताह जिल्लाको आर्थिक विकासको खोजिगर्दै सामाजिक काम गरेर मनाउन थालिएको बताए । समाजले युवाहरुको भूमिका खोजिरहेको बेला युवाहरुलाई समाजमा जोड्ने गरी कार्यक्रम तय गरिएको उनको भनाई छ । पत्रकार सम्मेलन रत्ननगर जेसीजका महासचिव सुरेशजंग पाण्डेले सञ्चालन गरेका थिए ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

January 28, 2025
कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव मनाईंदै, ईन्द्रेणी टिमको प्रस्तुती रहने

रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram