चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
सेभ सुपरमार्केटमा कफी क्याफे उद्घाटन
रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ बकुलहरमा रहेको सेभ सुपरमार्केटमा विहीबार कफी क्याफे उद्घाटन गरिएको छ । सेभ सुपरमार्केटको दोस्रो बार्षिकोत्सवको अबसर पारेर सभे कफी क्याफे सञ्चालनमा ल्याइएको हो । सुपरमार्केटमा आयोजित एक औपाचारिक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष कलाधर पौडेलले कफी क्याफेको उद्घाटन गरेका हुन । सो अबसरमा उनले सेभ सुपरमार्केट रत्ननगरको गहनाको रुपमा विकास भइरहेको भन्दै यसको विकासको लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले बजारीकरणको रुपमा विकास भइरहेको टाँडी बजारलाई उचाईमा लैजान सेभ सुपर मार्केटले महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए । कार्यक्रममा केक काटेर सुपरमार्केटको दोस्रो बार्षिकोत्सव मनाइएको छ । सो अबसरमा उपहार योजना अन्तर्गत पुरस्कार विजेटा होटल मोनालिसाका सञ्चालकलाई एक तोलाको सुनको विस्कुट हस्तान्तरण गरिएको छ । कार्यक्रममा सेभ सुपरमार्केटका अध्यक्ष नारायण भट्टराईले सौराहाको पर्यटनलाई केन्द्रीत गरी व्यवसायीकै लगानीमा सञ्चालन गरिएको सुपरमार्केट आर्थिक मन्दीको चपेटामा परेको बताए । सुपरमार्केटबाट मुनाफा आर्जन गर्नुभन्दा पनि यसलाई टिकाइराख्ने व्यसायिक योजना रहेको बताए । अहिले हामीले नाफा खोजेको छैनौं उनले भने करिब ३० जनालाई रोजगारी दिएका छौं, अब उपभोग्य बस्तु थप गरेर मार्केटको दायरा फराकिलो बनाउदै छौं । रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सेभ सुपरमार्केट पूर्वी चितवनको एक मात्र गुणस्तरीय सामग्री पाइने बजार भएकाले सबैले साथ दिन आवश्यक रहेको बताए । कार्यक्रममा सेभ सुपरमार्केटका सञ्चालक ज्ञानेन्द्र कुमार विष्टले सुपरमार्केट सञ्चालनमा ल्याउनुको उद्देश्य बारे प्रकास पारेका थिए ।
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]