कालिका नगरपालिका मा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड मा आवध्व सदस्य कालिका ५ स्थित बाेटेगाउ वस्ने बाटुलि वाेट काे श्रीमान सानेवाेट काे बाख्रालाई घाँस काट्ने क्रम मा रूखवाट खसी […]
घट्यो पेट्रोल-डिजेलको भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल ७.५ रुपैयाँ, डिजेल ६ रुपैयाँ र मट्टीतेल ५ रुपैयाँले घटाएको हो । अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ ।
विराटनगर, जनकपुर, वीरगञ्जसहित तराईका जिल्लामा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४७.५ रुपैयाँ पर्ने छ । सुर्खेत र दाङमा भने पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्ने छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पर्ने छ ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा बाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय कालीकाद्धारा समुह सदस्य भिम कुमारि सुनुवार र कालिका ५ बस्ने स्यानि देबि थरूनि काे श्रिमान छन्द कुमार चाैधरि काे दुखद निधन भएकोले विमा […]
रत्ननगर । रोजगारको खोजीमा रहेका युवा तथा विद्यार्थीलाई लक्षित गरी रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा रत्ननगर—१, निपनीस्थित होटल स्टार चितवनमा शुक्रबार र शनिबार आयोजना हुन लागेको ‘वृत्ति मार्गनिर्देशन […]
चितवन, वैशाख ३१( चितवनमा खडेरीका कारण मकैको विरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । यस वर्ष वैशाखको अन्तिमतिर कम पानी परेकोले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् […]