कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
कालिका नगरपालिकाले घुम्ती शिविर सञ्चालनबाट अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

चितवनको कालिका नगरपालिकाले घुम्ती शिविर सञ्चालनबाट अपाङ्गता परिचयपत्र वितरण गरेको छ । शुक्रवार कालिका नगरपालिका वडा नं. १० र ११ का अपाङ्गता भएका व्यक्तिहरुलाई सहजताका लागि वडा नं. ११ को कार्यालयमा घुम्ती शिविर सञ्चालन गरी अपाङ्ग परिचय पत्र वितरण गरेको हो ।
कालिका नगरपालिकाका नगर उपप्रमुख तथा स्थानीय समन्वय समितिका संयोजक बिमला तामाङको अध्यक्षतामा भएको अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिनोद रेग्मी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको उचित तरिकाले पहिचान गरी सरकारबाट पाउने सेवा सुविधा व्यवस्थापनमा कुनै कमी नहुने उहाले बताउनुभयो ।
माथिल्लो पहाडी भेगका नगरबासिहरु तल झरेर अस्पताल सम्म सेवा लिन कठिनाई भएका कारण वडा नं. १० र ११ का वडा बासिलाई सहजताका लागि यसै स्थानमा पुगेर सेवा दिएको नगर प्रमुख रेग्मीको भनाईछ

नगर उपप्रमुख बिमला तामाङले अपाङ्गता भएका व्यक्तिहरूको क्षमतालाई पहिचान गरी सरकारले सम्मान गर्नुपर्ने बताउनुभयो । अस्पतालसम्म पुगेर रिपार्ट ल्याउन गाह्रो भएका कारण नगरपालिकाले वडामै घुम्ती शिविर सञ्चालन गरेको उहाले जानकारी दिनुभयो । बिरामीले घन्टौ लगाएर अस्पताल धाएर रिपार्ट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको उहाको भनाई छ ।

शिविरमा कालिका नगर अस्पतालका डा.सोप्रिल शर्माले अपाङ्ता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी अपाङ्गताको वर्गीकरणको सिफारिस गर्नु भएको छ । डा.शर्माले ३१ जना शारिरीक र बौद्धिक परिक्षण गरि अपाङ्गता परिचयपत्रका लागि सिफारिस गर्नुभएको हो ।
विभिन्न किसिमका अपाङ्गता भएका ३१ जना व्यक्ति भएतापनि कार्यबिधि अनुसार ४ किसिमका अपाङ्ग परिचय पत्र बितरण गरिएको महिला तथा बालबालिका निरिक्षक सबिना श्रेष्ठले जानकारी दिनुभयो ।
कालिका नगरपालिकाको अपाङ्गता परिचय पत्र बितरण कार्यबिधि २०७५ का अनुसार प्रत्येक वर्ष भौगोलिक रुपमा बिकट स्थानमा वर्षको एक पटक घुम्ती शिविर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था कार्यबिधिमा रहेको तथा सरल, सहज, पहुचयोग्य नागरिकले अपाङ्ग परिचय पत्र प्राप्त गर्न सकिने उहाको भनाई छ ।
पूर्ण अशक्त भएका व्यक्ति रातो (क) वर्गका अपाङ्गता नभएकाले बितरण नगरिएको, अति अशक्त व्यक्ति निलो (ख) वर्गका ७ जना, मध्यम अशक्त भएका व्यक्ति पहेलो (ग) वर्गका ३ जना र सामान्य अशक्त भएका व्यक्तिलाई सेतो रंग (घ) वर्गको भएका १ जना गरी अहिले ११ जनालाई परिचयपत्र वितरण गरेको श्रेष्ठले बताउनुभयो ।
बाँकी २० जनालाई सरकारी अस्पताको रिपार्ट आएपश्चात बैठक बसि अवस्था पत्ता लगाएर उहाहरुलाई चाडै बितरण गरिने उहाले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं. १० का वडा अध्यक्ष नरजंग प्रजा, ११ का वडा अध्यक्ष कृष्ण वहादुर प्रजा, वडा सदस्यहरु, स्थानीय समन्वय समितिका पदाधिकारीहरु, नगरका शाखा अधिकृत प्रकाश चन्द्र पौडेल, वडा नं. १० र ११ का सचिव तुलसी लामिछाने, पृथ्वी मा.वि का प्राधानाध्यापक प्रकाश चन्द्र अर्याल, जुटपानीका प्रहरी नायव निरिक्षक शालिग्राम पौडेल, स्थानीय समन्वय समितिका सदस्य देवी प्रसाद सुवेदी, अपाङ्गता भएका व्यक्ति र उहाहरुका संरक्षक गरी एक सय जनाको उपस्थिति रहेको थियो ।
आफ्नै वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरी अपाङ्ग परिचय पत्र वितरण गरेपछि वडाबासि खुसि भएका छन् । महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकाल दवाडीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]