कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
प्रकोप जोखिम न्यूनिकरणका सवालमा समुदायको चेतनात्मक स्तरमा वृद्धी गर्ने उद्देश्यले सचेतनामूलक भित्तेपात्रो प्रकाशन तथा वितरण गरिएको छ ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तमाङले एक कार्यक्रमका बीच भित्तेपात्रोको विमोचन गर्नुभयो ।
विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले प्राकृतिक प्रकोप जोखिम न्यूनिकरण व्यवस्थापनगर्न पूर्व तयारीगर्न आवश्यक रहेको बताउनुभयो । पूर्व तयारी गरिए क्षति कमहुने बताउनुभयो ।
प्रकोप जोखिम न्यूनिकरणमा समुदायपनि जागरुकहुनुपर्ने उहाँको भनाई छ । सम्बृद्ध कालिका र सुखी कालिकाबासी नारा सहित कामगर्दै आएको पालिकाले सीप र आयमूलक काममा लाग्न सहभागिहरुलाई आग्रहगर्नुभयो ।
कालिका नगरपालिकाभित्रका १० वटा विपन्न समुदायहरुमा कार्यक्षेत्र बनाई काम गरिरहेको लुमन्ती आवासको लागि सहयोग समुह संस्थाले प्रकोप जोखिम न्यूनिकरण र जलवायु परिवर्तन अनुकुलन सम्बन्धमा समुदायहरुमा संचालन गरिने सचेतनामूलक कार्यक्रम अन्तर्गत भित्तेपात्रो प्रकाशन गरिएको थियो ।
नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा प्रकोपका जोखिमहरु रहेको, जलवायु परिवर्तनका प्रभावले गर्दा भोग्नुपर्ने कठिनाईहरुका विषयमा समुदायहरुलाई सचेत गराउने र त्यसका लागि तयार गर्ने उद्देश्यले सो पोष्टर स्वरुप भित्तेपात्रो प्रकाशन गरिएको लुमन्ती आवासको लागि सहयोग समुहका कार्यक्षेत्र संयोजक शिंह बहादुर वाईवा तामाङले जानकारी दिनुभयो ।
कालिका नगरपालिकाका अधिकांश भुभागहरु जंगलको नजिक रहेको, चैत्र वैशाखको समयमा जंगलहरुमा डढेलो लाग्ने गरेको, पहाडी क्षेत्रहरु भएको कारण वर्षातको समयमा खोलानालाहरु उर्लिने गरेको, तल्लो तहका अधिकांश भु–भागहरु बाढीको डुबानको चपेटामा पर्ने गरेको विषयलाई मध्यनजर गर्दै सो सम्बन्धमा पूर्वतयारी कसरी गर्ने भनेर सूचनाहरु राखि सो भित्तेपात्रो तयार गरिएको छ ।
उक्त पात्रोमा २०८१ सालको वैशाखदेखि चैत्र मसान्तसम्मको विवरणहरुको साथै प्रकोपको कारण आईलाग्ने विभिन्न विपदहरु हुन नदिन के कस्ता प्रयासहरु गर्नुपर्ने हो सोको बारेमा जानकारी गराईएको छ । विभिन्न खालका प्रकोपहरु जस्तै हावाहुरी आउँदा कसरी जोगिने, बाढीको समयमा कसरी पूर्वतयारी गर्ने, कसरी जनधनको सुरक्षा गर्ने, आगलागीका घटनाहरुलाई कसरी निर्मुल गर्ने, आगलागी भईहाले कसरी सुरक्षित रहने र अरुलाई पनि सुरक्षित गराउने भन्ने विषयमा भित्तपात्रोमा उल्लेख छ ।
¬लुमन्ती आवासको लागि सहयोग समुहका कार्यक्षेत्र संयोजक वाईवा तामाङले समुदायस्तरमा भित्तेपात्रो वितरण गर्ने क्रममा समुदायमा रहेका टोल विकास संस्था, उत्थानशिल समुह, बाल समुहहरुको सकृयतामा सचेतनामूलक कार्यक्रमम गर्दै उक्त भित्तेपात्रो वितरण गरिने जानकारी दिनुभयो।
कालिका नगरपालिकाका विपन्न समुदायका प्रतिनिधिहरु र युवा स्वयमसेवकहरुको सहभागितामा सो भित्तेपात्रोको विमोचन गरिएको थियो ।

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]