Listen Live: 

कालिका नगरपालिकाले २३ जना महिलाहरुलाई सीप सिकाएर कपडा सिलाउने मेसिन समेत दियो

Radio Chitwan
सोमवार, बैशाख १०, २०८१

कालिका, ९ बैशाख । महिलाहरुलाई उद्यमसँग जोड्ने उद्देश्यले कालिका नगरपालिकाले आयोजना गरेको ४५ दिने आधारभूत सिलाई कटाई तालिम आइतवार सकिएको छ । वडा नं. ४ को सभाहलमा आयोजना गरिएको तालिमको समापन नगर प्रमुख विनोद रेग्मीले गर्नुभयो । समापन कार्यक्रममा बोल्दै नगरप्रमुख विनोद रेग्मीले आर्य आर्जनमा टेवा पुग्ने उद्देश्यले तालिम प्रदान गरिएको बताउनुभयो ।
यहाँका स्थानीयलाई उद्यमशील बनाएर सम्बृद्ध पालिका बनाउने नगरपालिकाको योजना अनुसार सिलाई कटाईसँगै अन्य विभिन्न सीपमुलक तालिमहरु प्रदानगर्दै आएको जानकारी दिनुभयो ।

आर्थिक अवस्था बलियो बनाउन उत्पादन वा उद्यमशील आवश्यकपर्ने भएकाले नगरपालिकाले नगरबासीलाई उद्यमशील बनाउने लक्ष्य सहित विभिन्न सीपमूलक कार्यक्रमगर्दै आएको उहाँले बताउनुभयो । आम्दानी विना खर्च व्यस्थापन गर्न नसकिने भएकाले दैनिक जीवन सहज बनाउन हरेक नगरबासी कुनै न कुनैखालको उद्यमशील बन्नुपर्ने उहाँको तर्क छ ।
कार्यक्रममा कालिका नगरपालिकाको उप प्रमुख विमला तमाङले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिलाई कटाई तालिम आयोजना गरिएको जानकारी दिनुभयो । तालिम अवधिभर सिकेको ज्ञानलाई व्यवसायिक रुपमै कार्यान्वयनगरेको आफुहरुलाई हेर्ने रहर भएको समेत उहाँले स्पष्टपार्नुभयो ।

सामाजिक विकास संयोजक समेत रहनुभएका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको तालिम समापन कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, कालिका नगरपालिकाका सूचना अधिकारी एवम उद्यम विकास शाखा प्रमुख प्रकाशचन्द्र पौडेल, तालिम प्रशिक्षक सुमित्रा महतोले तालिम बारे बोल्नुभएको थियो । फागुन २१ गतेदेखि आयोजना गरिएको तालिममा नगरक्षेत्रभित्रका विभिन्न वडाका २३ जना महिलाहरु सहभागि थिए । तालिममा सहभागिहरुलाई सोही अवसरमा प्रति व्यक्ति एक एकवटा कपडा सिलाउने मेसिन समेत वितरण गरिएको छ । सिलाई मेसिनमा नगरपालिकाले ८० प्रतिशत लगानी गरेको छ भने बाँकी २० प्रतिशत मेसिन पाउने सहभागीले लगानी गरेका छन् ।

सीप सिकेर मात्रै होइन सीपसँगै उद्यमी बन्न आवश्यकपर्ने प्रविधि(मेसिन) आवश्यकपर्ने भएकाले नगरपालिकाले कपडा सिलाउने मेसिन दिएर पठाएको नगर प्रमुख रेग्मीले जानकारी दिनुभयो । यस अघि, कपाल काट्ने तालिम, ब्यूटीपार्लर तालिम, पाक शिक्षा(कुक) तालिम समेत नगरपालिका दिइसकेको छ ।

तालिम समापन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष सन्तवीर स्याङतान, वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ५ का वडा अध्यक्ष दीपक वहादुर भट्टराई लगायतका जनप्रतिनिधिहरुको समेत उपस्थिती थियो ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2025 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram