चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]
रत्ननगरकाे माधवपुरमा भाेलीदेखि प्रथम माधवपुर गाेल्डकप
रत्ननगर वडा नं १५ स्थित माधवपुरमा भाेली शनिबार देखि प्रथम माधवपुर गाेल्डकप सुरु हुँदैछ । वडा कार्यालयसंगकाे सहकार्यमा माधवपुर खेलकुद विकास समितिले आयाेजना गरेकाे साे प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे छ ।
आयाेजक क्लवले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रतियाेगिताकाे उद्देश्य र तयारीका बारेमा जानकारी दिएकाे छ । प्रतियाेगिताकाे सम्पूर्ण तयारी पूरा भएकाे र भाेली बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले उद्घाटन गर्ने समितिका अध्यक्ष गणेश तामाङले जानकारी दिए ।
प्रतियाेगिताका संयाेजक भीमराज वाइवा खेलकाे माध्यमबाट माधवपुरलाई राष्ट्रिय स्तरमा परिचित गराउन प्रतियाेगिता आयाेजना गरिएकाे बताए । प्रतियाेगिताका राष्ट्रिय स्तरका टिमकाे सहभागिता रहेकाे छ । सेन्ट्रल कलेजले प्रायाेजन गरेकाे साे प्रतियाेगिता प्रथम पुरस्कार १ लाख ११ हजार १११, द्धितिय पुरस्कार ५५ हजार ५५५ र उत्कृष्ट खेलाडी, गाेल किप्पर, सर्वाधिक गाेलकर्तालाई पुरस्कृत गरिने संयाेजक वाइवाले जानकारी दिए । प्रतियाेगिता सम्पन्न गर्न करिब ७ लाख ५० हजार खर्च हुने अनुमान गरिएकाे छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि वडाध्यक्ष आशिक तामाङले विकासकाे सुचक मध्येकाे खेलकुद रहेकाले वडा कार्यालयले यसलाई प्राथमिकतामा राखेकाे बताए ।
माधवपुरमा जग्गा भाडामा लिएर खेलमैदान तयार गरिएकाे भन्दै उनले वडा भित्रका युवाहरुलाई खेलकुदसंग जाेडेर कुलतकाे जाेखिमबाट मुक्त गर्ने दीर्घकालिन याेजना रहेकाे बताए । पत्रकार सम्मेलनमा वडा सदस्य इमप्रसाद पन्त सहित खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।
चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]
खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]
खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]