Listen Live: 

रत्ननगरमा बालअधिकारका लागि चर्चा र जागरुकता

Radio Chitwan
आइतवार, बैशाख ९, २०८१

रत्ननगर । चितवनको रत्ननगरमा बाल अधिकारको विषयमा चर्चा गर्दै योजना कार्यान्वयको लागि जागरुकताका लागि आइतबार अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता अभियान अन्तर्गत चर्चा एवं जागरुकता सम्बधी अन्तरक्रिया कार्यक्रम गरेको हो । वाल अधिकार संवाहकको समन्वयमा आयोजना गरिएको कार्यक्रममा रत्ननगरका जनप्रतिनिधि र वालवालिकाको क्षेत्रमा काम गर्ने कर्मचारी बीच वालअधिकार सम्बन्धमा चर्चा र योजना कार्यान्यनको लागि गर्नुपर्ने कामहरुको बारेमा अन्तर्गक्रिया गरिएको महिला विकास अधिकृत दीपा घिमिरेले जानकारी दिइन् । कार्यक्रममा पाँच जना बाल अधिकार संवाहकहरुले वाल अधिकार, वालयौन सिंसा, वाल विवहा सम्बन्धी कानुन, न्यूनीकरणका लागि पालिका देखि राष्ट्रिय स्तरमा भएका प्रयासहरुको बारेमा प्रकास पारेका थिए । कार्यक्रममा वालबालिकाहरुलाई लक्षित गरी साइबर सुरक्षा र जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाको बारेमा समेत अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बाल अधिकार संवाहकहरु निशा मगरले बालमैत्री स्थानीय शासनका सुचकहरु तथा बाल बिवाह न्यूनीकरण, पूर्णिमा कायस्थले महिनावारी स्वस्थता र साइबर सुरक्षा, सुजन कोइरालाले कार्यक्रम सञ्चालन साथै बालबालिका तथा मानव बेचबिखन, शास्वत गौतमले लैंगिक हिंसा, अनिल लामिछानेले दस्तावेजीकरण तथा अभिलेखिकरणका बारेमा प्रस्तुती दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले रत्ननगर बालमैत्री घोषणा भएको नगर रहेको भन्दै त्यसको निरन्तरताको लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए । घोषणा गर्दा तयार गरिएको आचारसंहिता कार्यान्वय र सुचक अनुसार योजनाबद्ध रुपमा कार्यहरु सञ्चालन भइरहेको उनको भनाई छ । सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समितिका स सदस्य तथा नगर सदस्यहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रम अन्तर्गत शनिबार बालबालिकाहरुबीच अन्तरक्रिया गरी उनीहरुको समस्या बुझ्ने काम गरिएको थियो । बालबालिकाहरुबाट व्यक्त भएका विषयहरुलाई जनप्रतिनिधि र कर्मचारीको बीचमा राखेर उनीहरुको समस्या सामधानको लागि अन्तरक्रिया कार्यक्रम गरिएको रत्ननगरकी बालअधिकार संवाहक निशा मगरले जानकारी दिइन् ।

आन्य समाचारहरु:-
January 15, 2025
चितवन महोत्सवमा भोलि भुवन प्यासी र समिक्षा अधिकारीको प्रस्तुती,साथै अन्न्य  कार्यक्रम

चितवन, माघ २ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका […]

January 13, 2025
चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

चितवन, पुष २९ –उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय […]

January 13, 2025
खैरहनीमा खिचरा महोत्सवको दसौं संस्करण सुरु

खैरहनी । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चितवनको खैरहनीमा सोमवार खिचरा महोत्सवको दसौं संस्करण उद्घाटन गरेका छन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खैरहनी नगरपालिका वडा […]

January 13, 2025
खैरहनीमा आजदेखि खिचरा महोत्सव : मुुख्यमन्त्रीले उद्घाटन गर्ने 

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज साेमवार देखि दशौं खिचरा महोत्सव सुरु हुँदैछ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ काे आयाेजनामा हुने साे महोत्सवको बागमती प्रदेश सरकारका मुुख्यमन्त्री […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram