Listen Live: 

रत्ननगरमा रोजगार मेलाको तयारी पूरा, एकसय युवालाई रोजगारी दिने लक्ष्य

Radio Chitwan
शुक्रबार, असार १५, २०८०

रत्ननगर । रोजगारको खोजीमा रहेका युवा तथा विद्यार्थीलाई लक्षित गरी रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा रत्ननगर—१, निपनीस्थित होटल स्टार चितवनमा शुक्रबार र शनिबार आयोजना हुन लागेको ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’को तयारी पूरा भएको छ ।

बिहीबार रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख प्रलाद सापकोटाले मेलाले रोजगारीको खोजीमा रहेका र रोजगारी दिनेबीचमा पुलको काम गर्ने बताए । विशेषगरी १२ कक्षा पास गरेका विद्यार्थी, पिछडिएको वर्ग तथा समुदाय र विदेशबाट फर्किएका युवालाई लक्षित गरेर मेला आयोजना गरिएको उनले जानकारी दिए । मेलाबाट कम्तीमा पनि एकसय जनालाई रोजगारी दिइने लक्ष्य रहेको उनले बताए ।

मेलामा उद्योग वाणिज्य संघ चितवन, चितवन चेम्बर्स अफ कमर्श, रत्ननगर उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ रत्ननगर समिति, राप्ती उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ नेपाल, क्षेत्रीय होटल संघ नेपाल (हान) सौराहा, नेपाल पोल्ट्री महासंघ, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल सौराहाले सहकार्य गरेका छन् ।

इन्स्योर परियोजना र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा हुने मेलामा ३४ वटा स्टल रहने छन् । मेलामा करिब ५ हजार जनाले अवलोकन गर्ने र दुई हजार युवालाई वृत्ति परामर्श दिइने लक्ष्य रहेको नगरशिक्षा अधिकारी बद्रिनारायण शर्माले बताए । मेलामा बेरोजगार युवाको क्षमता पहिचान गरी रोजगारको अवसर खोजी गरिने उनको भनाइ थियो ।

नगर उपमेयर यादवप्रसाद पाठकले बेरोजगार युवाहरुलाई रोजगारी सुनिश्चितताको लागि मेला आयोजना गरिएको बताए । उनले मेलामा परामर्श सेवा, सीपमूलक तालिम दिने संस्थाहरुको प्रर्दशनी, रोजगारीसम्बन्धी सूचना, रोजगारदातासँग प्रत्यक्ष भेट र स्थानीय उत्पादनको प्रदर्शनी गरिने जानकारी दिए ।

कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत विश्वास श्रेष्ठले गरेका थिए ।

आन्य समाचारहरु:-
April 27, 2024
रत्ननगरमा जेसीज सप्ताह : आर्थिक सम्भावनाको खोजी गर्न रत्नविज

रत्ननगर । चितवनको रत्ननगर बैशाख १९ गतेबाट सुरु हुने जेसीज सप्ताहमा जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गरिने भएको छ । रत्ननगर जेसीजले तय गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख २२ […]

April 27, 2024
कालिका नगरपालिकाले घुम्ती शिविर सञ्चालनबाट अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।

चितवनको कालिका नगरपालिकाले घुम्ती शिविर सञ्चालनबाट अपाङ्गता परिचयपत्र वितरण गरेको छ । शुक्रवार कालिका नगरपालिका वडा नं. १० र ११ का अपाङ्गता भएका व्यक्तिहरुलाई सहजताका लागि वडा नं. ११ को […]

April 26, 2024
रत्ननगरकाे माधवपुरमा भाेलीदेखि प्रथम माधवपुर गाेल्डकप

रत्ननगर वडा नं १५ स्थित माधवपुरमा भाेली शनिबार देखि प्रथम माधवपुर गाेल्डकप सुरु हुँदैछ । वडा कार्यालयसंगकाे सहकार्यमा माधवपुर खेलकुद विकास समितिले आयाेजना गरेकाे साे प्रतियाेगितामा १२ टिमकाे सहभागिता रहेकाे […]

April 25, 2024
प्रकोप जोखिम न्यूनिकरणका सवालमा समुदायको चेतनात्मक स्तरमा वृद्धी गर्ने उद्देश्यले सचेतनामूलक भित्तेपात्रो प्रकाशन तथा वितरण गरिएको छ ।

  कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी र उपप्रमुख विमला तमाङले एक कार्यक्रमका बीच भित्तेपात्रोको विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले प्राकृतिक प्रकोप जोखिम न्यूनिकरण व्यवस्थापनगर्न पूर्व तयारीगर्न आवश्यक […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram