Listen Live: 

चितवनलाई दूध उत्पादनको केन्द्र बनाउँदै बागमती प्रदेश

Radio Chitwan
बिहिबार, बैशाख २८, २०८०

चितवन, वैशाख २८(

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशलाई दूध उत्पादनको केन्द्र बनाउने योजना अघि सारेको छ । मन्त्रालयले प्रदेशभित्रका तराईका जिल्लामा ३० हजार लिटर दूध सङ्कलन क्षेत्र र पहाडमा पाँच हजार लिटर दूध सङ्कलन हुने क्षेत्रलाई समेटेर दूध ‘जोन’ बनाउन सुरु गरेको हो ।

मन्त्रालयका सचिव डा शरण पाण्डेका अनुसार यस आर्थिक वर्षमा चितवन, काभ्रे र ललितपुरमा गरी पाँच जोन बनिसकेका छन् । चितवन र काभ्रेमा दुईरदुई जोन बनेका छन् भने ललितपुरमा एउटा बनेको छ ।

आगामी आवमा यो सङ्ख्यालाई बढाउँदै लैजाने मन्त्रालयको योजना छ । दूध जोन बनिसकेपछि सो क्षेत्रमा रोगविरुद्धको सुई दिने, पशु आहारको कार्यक्रम लैजाने, दूध उत्पादन वृद्धिका अन्य कार्यक्रम अघि सार्ने, प्राविधिक सेवा दिने, नश्ल सुधारका कार्यक्रम सञ्चालन गर्ने, व्यावसायिक ढङ्गबाट गोठ सुधारका कार्यक्रम गरिँदैछ ।

जोनभित्र दूध कम आएका पशुलाई सुधार गर्न गाईभैँसी पुनःस्थापना केन्द्रसमेत बनाइँदैछ । ती पशुलाई उपचार गरेर पूर्ववत् अवस्थामा फर्काइ पुनःकिसानलाई दिइनेछ । चालु आवमा ढिलो गरी कार्यक्रम सुरु भएकाले रु एक करोड हाराहारी खर्च गरिँदै छ भने आउँदो वर्ष जोन थप्ने गरी बजेट विनियोजन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार नेपालमा वार्षिक २५ लाख मेट्रिकटन दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये बागमती प्रदेशमा छ लाख मेट्रिकटन दूध उत्पादन हुन्छ । एक जनालाई वार्षिक ९१ लिटर दूध आवश्यकपर्ने तथ्याङ्क छ । आत्मनिर्भर हुनेगरी दूध उत्पादन गर्न जोनको अवधारणा ल्याइएको उहाँले बताउनुभयो ।

जोनका लागि दूध नपुगेको अवस्थामा दूध बढाउने अन्य कार्यक्रम लगेर जोनमा परिणत गर्ने गरी प्रदेशले कार्यक्रम अघि सारेको उहाँ बताउनुहुन्छ । जोनभित्र एक÷दुई पशु पाल्नेलाई एकीकृत गरी एकै ठाउँमा एकै व्यक्तिले हेर्नेगरी कम लागतमा दूध उत्पादन गर्न उत्प्रेरणासमेत यसै कार्यक्रममार्फत गरिँदैछ ।

जोनभित्रका दक्ष र अनुभवी कृषक तथा साना किसानलाई सीप आदानप्रदान गर्नेगरी कार्यक्रम अघि सारिएको छ । अनुभवी किसानको फार्मलाई लाइभस्टक इपिसेन्टरका रुपमा विकास गर्ने योजना बनाइएको उहाँ बताउनुहुन्छ । दूध जोनलाई विस्तार गर्दै लगेर समग्र प्रदेशलाई दूध उत्पादनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । पाण्डेले भन्नुभयो, “किसान र हामी सँगसँगै दूध उत्पादन वृद्धि गर्न लाग्ने गरी जोनको विकास गर्दैछौँ ।”

मन्त्रालयद्वारा स्वीकृत पशुपक्षी विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ अन्तर्गत दूध जोन निर्धारण गरिएको हो । चितवनका भरतपुर महानगरपालिकाका आठ र रत्ननगर नगरपालिकाका ११ गरी १९ वडालाई दूध जोन निर्धारण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका प्रमुख सुशील केसीका अनुसार भरतपुरका वडा नं १३, १४, १५, १६, २२, २१, ५ र ६ लाई समेटेर दूध जोन निर्धारण गरिएको छ । रत्ननगरका वडा नं ८, ९, १०, ११, १२, १३, १४, १५, १६, ३ र ५ लाई दूध जोन क्षेत्र तोकिएको छ ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध जोन कार्यक्रमले दूध उत्पादन वृद्धिमा सघाउने बताउनुभयो । उहाँले किसानले माग गर्दै आएको कार्यक्रम प्रदेशले ल्याएको जनाउँदै यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो माग हो, यसले परिणाम दिन्छ, जुन विधि अपनाइएको छ, यो अत्यन्त राम्रो छ ।”

दूध उत्पादन वृद्धिका लागि महत्वपूर्ण हुने जनाउँदै उहाँले यसले साना किसानलाई व्यावसायिक बनाउन प्रेरणा दिने बताउनुभयो । यो कार्यक्रमसँगै बाच्छी हुर्काउने कार्यक्रम थप गर्न आफूहरुले माग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाच्छी हुर्काउने कार्यक्रम भयो भने भारतबाट गाई आयात गर्नु पर्दैन ।”

प्राविधिकको प्रत्यक्ष निगरानीमा जोन कार्यक्रम सञ्चालन भइरहेको भन्दै उहाँले यसबाट किसान प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यो कार्यक्रमसँगै उत्पादन बढ्ने अपेक्षा किसानको छ ।

आन्य समाचारहरु:-
February 12, 2025
लगानी बोर्डका सिईओ ज्ञवालीसँग मेयर रेग्मीको भेट, शक्तिखोर औधोगिक क्षेत्रबारे छलफल

कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]

February 5, 2025
कालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना

चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ ।  विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि  स्थानीय […]

January 28, 2025
कालिकामा वडागत फाइल सूची तयारी कार्यशाला

रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]

January 28, 2025
रत्ननगर १२ मा नकआउट फुटबल सुरु

रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

रेडियो चितवन अन्लाईन
" पौरखीको बोली "

सम्पर्क:

+९७७ - ०५६ ५६२६०६
+९७७ - ०५६ ५६२६०७
रत्ननगर २ , आदर्श टोल, टाडी चितवन
प्राबिधिक : 
अन्जन थापा मगर
अध्यक्ष : 
राजेन्द्र कुमार श्रेष्ठ
स्टेशन प्रबन्धक : 
रमेश राना मगर
बिज्ञापनको लागि बजार प्रमुख तिलक थापा मगर :
 ०५६-५६२६०७, ९८४५०५६२२८
copyright © 2022 radiochitwanonline.com
map-markerclock linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram