कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
रविले भने: गृहमन्त्री बन्दा भ्रष्टचारको फाइल खोल्छु भनेपछि दलका नेताहरु आत्तिए

चितवन, चैत ७(
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले गृहमन्त्री बन्दा भ्रष्टाचारको फाइल खोल्छु भन्दा कतिपय दलका नेताहरु आत्तिएको बताएका छन् ।
भरतपुरको गेस्टहाउसचौरमा भएको आमसभालाई सम्बोधन गर्दै यो देश परिवर्तनका लागि भएको भन्दै भ्रष्टचारको फाइल खोल्छु भन्दा आरोपहरु लगाएर आक्रमण गर्न सुरु गरिएको बताएका हुन् । उनले भने, ‘यो उपस्थिति पनि युगले मागेको उपस्थिति हो । मतदातालाई ३२ वर्षसम्म गरिब कसले बनायो त्यही सम्झेर भोट हाल्न अनुरोध गर्दछु । आँधीहुरी जे आए पनि मत हाल्नुहोला । मतपेटिकाको रक्षा गर्नुहोला ।’
लामिछानेले टेलिभिजनमा गाउँ बस्तीमा जनताको दुःख देखाउन थालेपछि झुटा मुद्दामा चितवनमा यही नेर थुनिएको बताए । उनले आफू त्यहाँ थुनिदा चितवनबासीले यही बसेर चितवनबासीले न्यायको लागि आवाज उठाएको बताए । उनले भने, ‘हाम्राविरुद्ध हरेक घरमा नेताहरुको लाइन लाग्यो, नागरिकलाई भोट नहाल्नु भनेर फकाउन थाले । तपाइँहरुलाई लोभ देखाएर, भोट चाहिएको छ । त्यसलाई नहाल भन्दै छन् ।’
उनले ३२ वर्षसम्म तपाइँलाई गरिब कसले बनायो, युवाहरु मरुभूमिमा पसिना बगाइरहेका छन् त्यस्तो कसले बनायो त्यही सम्झेर भोट हाल्नुहोला । उनले भने, ‘ पाप र धर्मको चिन्ता हुन्थ्यो भने देशमा यस्तो अवस्था आउँदैनथ्यो । बहालवाला गृहमन्त्रीले भ्रष्टाचारको फाइल खोल्छु भनेपछि दलहरु आत्तिएका छन् ।’ उनले सभामा देशलाई परिवर्तनको जर्बजस्त आवाज चाहिएको विचार राखे । उनले भने, ‘यो साथको निरन्तरता चाहिएको छ । तपाइँलाई झुक्याउन जरुरी छैन । आँधी हुरी जे आए पनि नडराउनुहोला । न्यायको लागि आवाज उठाउनुभयो, न्याय चाहिन्छ भने आजको दिनमा चितवन जानुहोस् ।’
कार्यक्रममा तनहुँका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई मन्त्री बनाउँछु भनेर आफूलाई हराउन खोजिएको बताए । उनले यसरी नागरिकलाई प्रलोभनमा पारेर अचारसंहिताको उल्लंघन गरिएको विचार राखे । सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डीपी अर्याल, प्रवक्ता मुकुन्द ढकाल, केन्द्रीय सदस्य रमेश प्रसाई, संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरु तोसिमा कार्की, हरि ढकाल र सबिता गौतमलगायतले सम्बोधन गरेका थिए । उनीहरुले अबको चार वर्षपछि २०८४ मा हुने आमनिर्वाचनमा देशभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउने विचार राखेका थिए । सिंहदरबारले नागरिकको आवाज नसुनेको भन्दै आफूहरु समस्याको राजनीति होइन समाधानको राजनीति गर्न खडा भएको विचार राखेका थिए ।
चितवन, माघ २३ । चितवनको कालिका नगरपालिकाले स्थानिय विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि सुचना संकलन गरेको छ । विपद् तथा जलबायु उत्थानशील योजना, कार्यढाँचा अध्यावधिकका लागि स्थानीय […]
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]

