कालिका, माघ ३० । पूर्वी चितवनको कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रस्तावित शक्तिखोर औधोगिक क्षेत्र तथा कालिका नगरपालिकाको समग्र बिकासको बारेमा लगानी बोर्डका सिईओ सुशिल ज्ञवालीसँग भेट गरी छलफल गरेका […]
वर्षाले सडक हिलाम्य, यात्रा कष्टकर

लगातारको वर्षाका कारण विभिन्न सडकको यात्रा कष्टकर बनेको छ । ठूला पहिरो झरेर अवरुद्ध नभए पनि सडक चिप्लो हुँदा र छेउकुनाको माटो बगेर सडकसम्म पुग्दा समस्या भएको हो ।
सङ्घीय राजधानी काठमाण्डौ जोड्ने नागढुङ्गा–मलेखु–मुग्लिन सडक विस्तारका कारण धेरैजसो ठाउँमा सडक भत्काएर छाडिएकोले पानी परेसँगै हिलाम्य हुने गरेको छ ।
अहिले धादिङ बैरेनीको सडकमा लेदो बगिरहेकोले साना गाडी गुड्न समस्या भएको छ । ठूला गाडी भने चलिरहेका छन् । काठमाण्डौबाट झण्डै १ सय किलोमिटरको दूरीमा रहेको मुग्लिन पुग्नै ७/८ घण्टा लाग्ने गरेको छ ।
यस्तै, भक्तपुरको सूर्यविनायकमा पनि सडक विस्तारका क्रममा खनिएको माटो बगेर सडकसम्म पुग्दा गाडी गुड्न समस्या छ । बनेपामा पनि सडकमै माटो थुप्रिँदा गाडीलाई समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ । बीपी राजमार्गको काभ्रे र सिन्धुलीका केही ठाउँमा पनि सडकमै गेग्रान थुपिँदा आवागमन प्रभावित भएको छ ।
मुग्लिनबाट पोखरा जाने ए सय किलोमिटर बाटो पनि हिँडिसक्नु छैन । पोखरालाई सरकारले पर्यटकीय राजधानी घोषणा गरेको छ, तर बेहाल सडकका कारण पोखरा पुग्नै मुस्किल छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटबल–नारायणगढ १ सय १७ किलोमिटर सडक खनेर छाडेको पाँच वर्ष पुगेको छ । तर सडक अहिले पनि कतै हिलाम्य र कतै धुलैधुलो छ ।
विस्तारका क्रममा रहेको सडकमा पानी परेपछि चिप्लो र हिलो हुँदा गाडी सुस्त गतिमा चल्ने गर्छन् । जसका कारण जाम पनि हुने गरेको छ ।
रत्ननगर । कालिका नगरपालिकामा बालमैत्री स्थानीय शासन (सिएफएलजी)का आधारमा कागजात व्यवस्थापनका लागि वडागत फाइल सूची तयारीसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कालिका नगरपालिकालाई २०८३ असोज मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा […]
रत्ननगर नगर पालिका वडा नं० १२ डाफे मुनाल टोल स्थित सालघारी एफ.सि क्लब को आयोजना मा यहि माघ १४ गते देखि माघ २५गते सम्म बागदेवि खेल मैदान रत्ननगर १२ मा […]
रत्ननगर । चितवनको कालिका नगरपालिकामा रहेको कालिका भगवती मन्दिरको ३३ औं वार्षिकोत्सव यहि माघ १६, १७ र १८ गते मनाईने भएको छ। कालिका भगवती माई नित्य पुजा तथा व्यवस्थापन समितिले […]